News Portal

संखुवासभा हत्या प्रकरणः मृतकहरूको बुढीगंगा जमुना मुक्तिघाटमा अन्त्येष्टि

हिमालीसंचार संवाददाता
२९० पटक

नवराज राई/ संखुवा सभा – संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा भएको एकै परिवारको ६ जनाको सामूहिक हत्याका मृतकहरूको इटहरीस्थित बुढीगंगा जमुना मुक्तिघाटमा दाहसंस्कार गरिएको छ।

सोमबार बिहान हत्या गरी फालिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बुढीगंगा जमुना मुक्तिघाटमा दाहसंस्कार गरिएको हो ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम भएकाले बुधबार अन्त्येष्टि गरिएको मृतकका भतिजा विनोद कार्कीले जानकारी दिए। उनका अनुसार तेजबहादुर कार्कीका कान्छा छोरा रमेश कार्कीले शवको अन्त्येष्टिगरेका छन् ।  

बिभत्सरूपमा भएको हत्यामा मृतकहरूको बुधबार धरान स्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि बुढीखोला घाटमा अन्त्येष्टि गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी अरूणकुमार बिसीले बताएका छन् । 

सोमबार एकै परिवारका ८४ वर्षीय पार्वता कार्की, उनका छोरा  ५८ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षीय  कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन कार्की र नातिनी ७ वर्षीय गोमा कार्कीको हत्या भएका थियो । तेजबहादुरका दुई छोरा मध्ये दुबईमा रहेका कान्छा छोरा नरेश कार्की नेपाल फर्किएपछि उनीहरूको अन्त्येष्टि गरिएको हो ।

प्रतिकृया दिनुहोस्

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...