News Portal

गोर्खाहरुको माग सम्बोधनका लागि डिसेम्बरदेखि वार्ता शुरु

हिमालीसंचार संवाददाता
४११ पटक

बेलायत – भूतपूर्व गोर्खाहरुको समान पेन्सन लगायत मागहरु सम्बोधनको प्रयासमा बेलायत सरकार, नेपाल सरकार र गोर्खा प्रतिनिधिहरुबीच प्रारम्भिक छलफल भएको छ ।

लन्डनस्थित नेपाली दूतावासमा बुधबार बेलायत सरकारका रक्षामन्त्री बेन वालेस र रक्षा राज्यमन्त्री लियो डोचेर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र भूतपूर्व गोर्खाका प्रतिनिधिहरु समेतको सहभागितामा पहिलो बैठक सम्पन्न भएको छ ।

बैठकमा गोर्खाहरुको माग सम्बोधनका लागि आउँदो डिसेम्बर महिनाभित्रै शुरु गर्ने भनिएको वार्ताको तयारीका विषयमा छलफल भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । विगतमा भएको सहमतिअनुसार वार्ता समितिहरुको गठन, वार्ता समितिको कार्यादेश र आवश्यक तयारीका विषयमा छलफल गरिएको दूतावासद्धारा जारी वक्तव्यमा जनाइएको छ ।

बैठकमा गोर्खाहरुको तर्फबाट सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसो सभापति कृष्णकुमार राई, बिजिडब्लुएस अध्यक्ष टिकेन्द्र दल देवान, नेसा अध्यक्ष केशबहादुर गुरुङ, गोर्खा पेन्सन इन्जस्टिस ग्रुपका अध्यक्ष उदयबहादुर गुरुङ, युबिजिएनका अध्यक्ष राम राई, गोर्खा सत्याग्रह समितिका प्रवक्ता जुद्धबहादुर गुरुङ तथा गत महिना आमरण अनसनमा बस्ने सत्याग्रह समितिका तीन अभियन्ताहरु ज्ञानराज राई, धन गुरुङ र पुष्पा राना घले लगायतका सहभागी थिए ।

दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र सैनिक सहचारी रत्नबहादुर गोदारको पनि बैठकमा सहभागिता थियो । यसअघि गत महिना गोर्खा सत्याग्रह संघर्ष समितिका अभियन्ताहरुको आमरण अनसन तोडाउने क्रममा बेलायत सरकारले गोर्खाहरुको मागका सम्बन्धमा नेपाल सरकार र गोर्खाहरु समेतसंग वार्ता गर्ने प्रतिवद्धता गरेको थियो ।

आगामी डिसेम्बर महिनाभित्रै दुई देशबीचको वार्ता गर्ने र त्यसको तयारीस्वरुप सेप्टेम्बर ८ तारिख पहिलो बैठक गर्ने सहमति अनुरुप बैठक बसेको हो। 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...