News Portal

गोर्खाहरुको माग सम्बोधनका लागि डिसेम्बरदेखि वार्ता शुरु

हिमालीसंचार संवाददाता
३७१ पटक

बेलायत – भूतपूर्व गोर्खाहरुको समान पेन्सन लगायत मागहरु सम्बोधनको प्रयासमा बेलायत सरकार, नेपाल सरकार र गोर्खा प्रतिनिधिहरुबीच प्रारम्भिक छलफल भएको छ ।

लन्डनस्थित नेपाली दूतावासमा बुधबार बेलायत सरकारका रक्षामन्त्री बेन वालेस र रक्षा राज्यमन्त्री लियो डोचेर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र भूतपूर्व गोर्खाका प्रतिनिधिहरु समेतको सहभागितामा पहिलो बैठक सम्पन्न भएको छ ।

बैठकमा गोर्खाहरुको माग सम्बोधनका लागि आउँदो डिसेम्बर महिनाभित्रै शुरु गर्ने भनिएको वार्ताको तयारीका विषयमा छलफल भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । विगतमा भएको सहमतिअनुसार वार्ता समितिहरुको गठन, वार्ता समितिको कार्यादेश र आवश्यक तयारीका विषयमा छलफल गरिएको दूतावासद्धारा जारी वक्तव्यमा जनाइएको छ ।

बैठकमा गोर्खाहरुको तर्फबाट सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसो सभापति कृष्णकुमार राई, बिजिडब्लुएस अध्यक्ष टिकेन्द्र दल देवान, नेसा अध्यक्ष केशबहादुर गुरुङ, गोर्खा पेन्सन इन्जस्टिस ग्रुपका अध्यक्ष उदयबहादुर गुरुङ, युबिजिएनका अध्यक्ष राम राई, गोर्खा सत्याग्रह समितिका प्रवक्ता जुद्धबहादुर गुरुङ तथा गत महिना आमरण अनसनमा बस्ने सत्याग्रह समितिका तीन अभियन्ताहरु ज्ञानराज राई, धन गुरुङ र पुष्पा राना घले लगायतका सहभागी थिए ।

दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र सैनिक सहचारी रत्नबहादुर गोदारको पनि बैठकमा सहभागिता थियो । यसअघि गत महिना गोर्खा सत्याग्रह संघर्ष समितिका अभियन्ताहरुको आमरण अनसन तोडाउने क्रममा बेलायत सरकारले गोर्खाहरुको मागका सम्बन्धमा नेपाल सरकार र गोर्खाहरु समेतसंग वार्ता गर्ने प्रतिवद्धता गरेको थियो ।

आगामी डिसेम्बर महिनाभित्रै दुई देशबीचको वार्ता गर्ने र त्यसको तयारीस्वरुप सेप्टेम्बर ८ तारिख पहिलो बैठक गर्ने सहमति अनुरुप बैठक बसेको हो। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...