News Portal

  • आफ्ना लागि भन्दा, अरुका लागि बाच्न सिकौं : समाजसेवी गुरुङ

    हिमालीसंचार संवाददाता
    ६६२ पटक

    वैदेशिक रोजगारीको सिलसिलामा विगत १५ वर्षदेखि इजरायललाई कर्मथलो बनाएकी भोजपुरे सुनिता गुरुङ यहाँको नेपाली समुदायमा मनकारी र सहयोगी व्याक्तित्वका रुपमा सुपरिचित छिन्।

    मानव भएर जन्मिएपछि आफ्नो लागि मात्रै नभएर अन्यको लागि पनि कर्म गर्नुपर्छ भन्ने धारणा राख्ने गुरुङले  अहिलेसम्म व्याक्तिगत रूपमा ३० लाख रुपैयाँभन्दा बढी समाजसेवाको नाममा योगदान गरेकी छन्।

    सहयोगी, मिलनसार तथा मिहिनेती गुरुङले पन्ध्र वर्षे आफ्नो प्रवासी जीवनमा नेपाली रुपैयाँ सत्तरी लाख बढी रकम संयोजन/व्यवस्थापन गरेर समाजको जिम्मेवार नागरिकका रुपमा आफूलाई प्रस्तुत गरेकी  छन्।

    समाजसेवी गुरुङले प्रवासमा रहेर आफ्नो कमाई बचाएर  नेपालको विभिन्न स्थानहरुमा समाजसेवा, सहयोग तथा दु:खमा परेका नेपालीलाई निरन्तर सहयोग गर्दै आएकी छिन्।

    समाजसेवामा अभिरुची भएकी गुरुङ आफ्ना लागि त सबै जना बाचेकै छन् तर मनकारी मानिस अरुका लागि बाच्न सकौं भन्ने उदेश्यका साथ समाजसेवामा लागेको बताउँछिन्। प्रवासी भूमि इजरायलमा रहेर पनि आफ्नो जन्मभूमिका लागि निरन्तर आफ्नो कमाईको केही अंश समाजसेवा योगदान गर्दै आएकी छिन्।

    आर्थिक अभावका कारण उपचारमा समस्या भएका बिरामीहरुलाई विषेश सहयोग गर्दै आएकी गुरुङले आफुले अध्ययन गरेकी धरानस्थित शिक्षा सदन माध्यमिक विधालयको भवन निर्माणका लागि आर्थिक सहयोग गरेकी छिन्। त्यस्तै, नमुना अध्ययन-घर कैलालीमा अक्षकोष  कोषलाई २५ हजार आर्थिक सहयोग गरेकी छिन्।

    मोरङको बेलवारी स्थित सुकुम्बासी बस्तिका पीडित बालबालिकाहरुलाई २० हजार, नेपाली दूतावास इजरायलको समन्वयमा नेपालमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री पठाउन सहयोगको लागि ५० हजार, सिन्धुपाल्चोक बाढी पीडितलाइ ५० हजार, पत्रकार रबि लामिछानेको पहलमा संचालित जनमैत्री हस्पिटललाइ २० हजार सहयोग उपलब्ध गराएर इजरायलको नेपाली समुदायमा एक उदाहरणीय समाजसेवीको पहिचान बनाएकी छिन्।

    गुरुङको ब्यक्तिगत सहयोगमा कैलालीको सुकुम्बासी बस्तीमा २ वटा चर्पी निर्माण समेत गरेकी छिन्। हाम्रो टिम नेपालद्वारा संचालित काठमाडौंमा बन्दै गरेको बिरामी कुरुवा घरको लागि ५ लाख रुपैया सहयोग गर्ने प्रतिबद्धता समेत गरेकी छिन् । त्यस्तै पत्रकार राजन नेपालद्वारा निर्मित हस्पिटल २०  हजार, अतरिया बालगृहको लागि ५० हजार बराबरको सामग्री सहयोग, बन्दको बेला खानाका लागि समस्यामा परेका कैलालिका मजदुरलाई खाना खुवाउन २० हजार, सहयोग उपलब्ध गराएर एक मनकारी सहयोगी व्याक्तित्वको परिचय कायम गर्न सफल भएकी हुन्।

    एनआरएनए इजरायलको वर्तमान उपाध्यक्षसमेत रहेकी गुरुङको बिचारमा जीवनमरणको दोसाँधमा रहेका र आर्थिक अभाव कारण उपचार नपाएका पीडितहरुलाई सहयोग गर्नु सच्चा सेवा हो। समाजलाई सकारात्मक बाटोतर्फ उन्मुख गराउन लाग्ने समूह, संस्था वा ब्यक्तिहरुलाई सहयोग गर्नु परिणाममुखी रहने उनको विश्वास रहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १८ गतेको राशिफल

    आज कार्तिक १८, २०८२ (नोभेम्बर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतमा गए, सरुवा निर्णयविरुद्ध रिट दायर

    काठमाडौं, कार्तिक १७  – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सरुवा निर्णयविरुद्ध...

    काठमाडौंमा लत्रिएका तार व्यवस्थापन सुरु

    काठमाडौं, १७ कार्तिक — काठमाडौं महानगरपालिकाले शहरका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन गर्न काम सुरु...

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...