News Portal

आफ्ना लागि भन्दा, अरुका लागि बाच्न सिकौं : समाजसेवी गुरुङ

हिमालीसंचार संवाददाता
७३० पटक

वैदेशिक रोजगारीको सिलसिलामा विगत १५ वर्षदेखि इजरायललाई कर्मथलो बनाएकी भोजपुरे सुनिता गुरुङ यहाँको नेपाली समुदायमा मनकारी र सहयोगी व्याक्तित्वका रुपमा सुपरिचित छिन्।

मानव भएर जन्मिएपछि आफ्नो लागि मात्रै नभएर अन्यको लागि पनि कर्म गर्नुपर्छ भन्ने धारणा राख्ने गुरुङले  अहिलेसम्म व्याक्तिगत रूपमा ३० लाख रुपैयाँभन्दा बढी समाजसेवाको नाममा योगदान गरेकी छन्।

सहयोगी, मिलनसार तथा मिहिनेती गुरुङले पन्ध्र वर्षे आफ्नो प्रवासी जीवनमा नेपाली रुपैयाँ सत्तरी लाख बढी रकम संयोजन/व्यवस्थापन गरेर समाजको जिम्मेवार नागरिकका रुपमा आफूलाई प्रस्तुत गरेकी  छन्।

समाजसेवी गुरुङले प्रवासमा रहेर आफ्नो कमाई बचाएर  नेपालको विभिन्न स्थानहरुमा समाजसेवा, सहयोग तथा दु:खमा परेका नेपालीलाई निरन्तर सहयोग गर्दै आएकी छिन्।

समाजसेवामा अभिरुची भएकी गुरुङ आफ्ना लागि त सबै जना बाचेकै छन् तर मनकारी मानिस अरुका लागि बाच्न सकौं भन्ने उदेश्यका साथ समाजसेवामा लागेको बताउँछिन्। प्रवासी भूमि इजरायलमा रहेर पनि आफ्नो जन्मभूमिका लागि निरन्तर आफ्नो कमाईको केही अंश समाजसेवा योगदान गर्दै आएकी छिन्।

आर्थिक अभावका कारण उपचारमा समस्या भएका बिरामीहरुलाई विषेश सहयोग गर्दै आएकी गुरुङले आफुले अध्ययन गरेकी धरानस्थित शिक्षा सदन माध्यमिक विधालयको भवन निर्माणका लागि आर्थिक सहयोग गरेकी छिन्। त्यस्तै, नमुना अध्ययन-घर कैलालीमा अक्षकोष  कोषलाई २५ हजार आर्थिक सहयोग गरेकी छिन्।

मोरङको बेलवारी स्थित सुकुम्बासी बस्तिका पीडित बालबालिकाहरुलाई २० हजार, नेपाली दूतावास इजरायलको समन्वयमा नेपालमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री पठाउन सहयोगको लागि ५० हजार, सिन्धुपाल्चोक बाढी पीडितलाइ ५० हजार, पत्रकार रबि लामिछानेको पहलमा संचालित जनमैत्री हस्पिटललाइ २० हजार सहयोग उपलब्ध गराएर इजरायलको नेपाली समुदायमा एक उदाहरणीय समाजसेवीको पहिचान बनाएकी छिन्।

गुरुङको ब्यक्तिगत सहयोगमा कैलालीको सुकुम्बासी बस्तीमा २ वटा चर्पी निर्माण समेत गरेकी छिन्। हाम्रो टिम नेपालद्वारा संचालित काठमाडौंमा बन्दै गरेको बिरामी कुरुवा घरको लागि ५ लाख रुपैया सहयोग गर्ने प्रतिबद्धता समेत गरेकी छिन् । त्यस्तै पत्रकार राजन नेपालद्वारा निर्मित हस्पिटल २०  हजार, अतरिया बालगृहको लागि ५० हजार बराबरको सामग्री सहयोग, बन्दको बेला खानाका लागि समस्यामा परेका कैलालिका मजदुरलाई खाना खुवाउन २० हजार, सहयोग उपलब्ध गराएर एक मनकारी सहयोगी व्याक्तित्वको परिचय कायम गर्न सफल भएकी हुन्।

एनआरएनए इजरायलको वर्तमान उपाध्यक्षसमेत रहेकी गुरुङको बिचारमा जीवनमरणको दोसाँधमा रहेका र आर्थिक अभाव कारण उपचार नपाएका पीडितहरुलाई सहयोग गर्नु सच्चा सेवा हो। समाजलाई सकारात्मक बाटोतर्फ उन्मुख गराउन लाग्ने समूह, संस्था वा ब्यक्तिहरुलाई सहयोग गर्नु परिणाममुखी रहने उनको विश्वास रहेको छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...