News Portal

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन, गृह मन्त्रालयको आपत्ति

हिमालीसंचार संवाददाता
३२९ पटक

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन विरुद्ध गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले मोदीको नाम नलिई छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठानमा आँच आउने गरी पुत्ला दहन गरिएको भन्दै गृहमन्त्रालयले आपत्ति प्रकट गरेको हो ।

दार्चुला घटना र नेपाली आकाशमा अनधिकृत भारतीय सेनाले उडान गरेको विषयमा सरकार चुप लागेको भन्दै शुक्रबार सत्ता गठनबन्धनमा आबद्ध दल नेकपा (एकीकृत समाजवादी) को भ्रातृ सगंठन अनेरास्ववियूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो ।

गृहमन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘मित्र राष्ट्रका प्रधानमन्त्रीको आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति ध्यानाकर्षण भएको छ । यस्ता उच्छृङ्गल र निन्दनीय गतिविधि प्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ । ‘

गृह मन्त्रालयले छिमेक मुलुकहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न समेत आग्रह गरेको छ।यस्तै, गृह मन्त्रालयले यस्ता गतिविधि गर्नेलाई कारबाही गरिने समेत उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...