News Portal

देवकोटाको घर नभत्काउन सर्वोच्चको अन्तरिम आदेश

हिमालीसंचार संवाददाता
४८५ पटक

काठमाडौं – सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइसकेपछि नभत्काउन अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीशद्वय अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले देवकोटाको घर पुरातात्त्विक महत्त्वको भएकाले पुरातत्त्व विभागसँग समन्वय गरेर काम गर्न अन्तरिम आदेश दिएको हो।

मैतीदेवी स्थित काठमाडौंमा रहेको महाकवि देवकोटाको घर भत्किसकेपछि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो। देवकोटाको घर पुरानो र ऐतिहासिक भएकाले संरक्षण र समन्वय गर्न सर्वोच्च अदालतले आदेश गरेको हो।

नेपाल प्रज्ञाप्रतिष्ठानले देवकोटाको घर भत्काएर अर्को घर बनाउने तयारी गरिसकेको छ। देवकोटाको घरमा पुरातात्त्विक महत्त्वका सामाग्री राखिएको हुन सक्ने भन्दै पुरातत्त्व विभाग समन्वय गरेर मात्र घर भत्काउन सर्वोच्चले भनेको छ। नेपाल प्रज्ञाप्रतिष्ठानलगायतलाई विपक्षी बनाई सर्वोच्चमा देवकोटाको घर भत्काइसकेपछि रिट निवेदन दर्ता भएको थियो।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...