News Portal

देवकोटाको घर नभत्काउन सर्वोच्चको अन्तरिम आदेश

हिमालीसंचार संवाददाता
५१५ पटक

काठमाडौं – सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइसकेपछि नभत्काउन अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीशद्वय अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले देवकोटाको घर पुरातात्त्विक महत्त्वको भएकाले पुरातत्त्व विभागसँग समन्वय गरेर काम गर्न अन्तरिम आदेश दिएको हो।

मैतीदेवी स्थित काठमाडौंमा रहेको महाकवि देवकोटाको घर भत्किसकेपछि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो। देवकोटाको घर पुरानो र ऐतिहासिक भएकाले संरक्षण र समन्वय गर्न सर्वोच्च अदालतले आदेश गरेको हो।

नेपाल प्रज्ञाप्रतिष्ठानले देवकोटाको घर भत्काएर अर्को घर बनाउने तयारी गरिसकेको छ। देवकोटाको घरमा पुरातात्त्विक महत्त्वका सामाग्री राखिएको हुन सक्ने भन्दै पुरातत्त्व विभाग समन्वय गरेर मात्र घर भत्काउन सर्वोच्चले भनेको छ। नेपाल प्रज्ञाप्रतिष्ठानलगायतलाई विपक्षी बनाई सर्वोच्चमा देवकोटाको घर भत्काइसकेपछि रिट निवेदन दर्ता भएको थियो।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...