News Portal

प्रगतिशील गायक जेबी टुहुरेको निधन, सामाजिक संजालभरी दु:ख प्रकट ( भिडियो सहित)

हिमालीसंचार संवाददाता
४२३ पटक

धरान – प्रख्यात प्रगतिशील गायक जेबी टुहुरेको बिहीबार दिउँसो निधन भएको छ। मंगलबार दिउँसो काठमाडौंको कलंकीस्थित निवासमा लडेपछि उनलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएको थियो।

उपचारमा संलग्न चिकित्सकहरुले उनलाई ‘स्ट्रोक’ भएको बताएका थिए। ७६ वर्षीय टुहुरेलाई सीसीयु कक्षमा राखेर उपचारका क्रममा निधन भएको पुष्टि माओवादी नेता सरल सहयात्रीले गरेका छन्।   

विस २०२४ सालदेखि सांगीतिक क्षेत्रमा लागेका टुहुरेले करिब १ सय ५० भन्दा बढी जनवादी गीत गाएका छन्। उनका चर्चित गीतहरुमा ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैँ प्यासी बनेर’ बोलको गीत सबैभन्दा प्रख्यात गीत हो। जुन गीत उनले विस २०३४ सालदेखि गाएका थिए।

गायक टुहुरेले गाएको अर्को चर्चित गीत ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदो छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ पनि मानिसहरुको जिब्रोमा झुण्डिएको छ। 

जनवासी गायक टुहुरे सुनसरीको धरानमा विस २००१ सालमा जन्मेका हुन्। उनको खास नाम जुठबहादुर खड्गी थियो। टुहुरेलाई एकीकृत माओवादीले दोस्रो संविधानसभामा समानुपातिक सभासद पनि बनाएको थियो। तर उनले राजनीतिमा सक्रिया रुपमा चासो देखाएन। 

उनको पार्थिव शरीरलाई आजै दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म पेरिसडाँडा माओवादीको पाटी कार्यलयमा राखि श्रद्धाञ्जलीका लागि राखिँएको थियो । त्यसपछि दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो। उनको अन्तिम संस्कारमा कलाकारहरुको समेत उलेख्य उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...