News Portal

प्रगतिशील गायक जेबी टुहुरेको निधन, सामाजिक संजालभरी दु:ख प्रकट ( भिडियो सहित)

हिमालीसंचार संवाददाता
४५० पटक

धरान – प्रख्यात प्रगतिशील गायक जेबी टुहुरेको बिहीबार दिउँसो निधन भएको छ। मंगलबार दिउँसो काठमाडौंको कलंकीस्थित निवासमा लडेपछि उनलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएको थियो।

उपचारमा संलग्न चिकित्सकहरुले उनलाई ‘स्ट्रोक’ भएको बताएका थिए। ७६ वर्षीय टुहुरेलाई सीसीयु कक्षमा राखेर उपचारका क्रममा निधन भएको पुष्टि माओवादी नेता सरल सहयात्रीले गरेका छन्।   

विस २०२४ सालदेखि सांगीतिक क्षेत्रमा लागेका टुहुरेले करिब १ सय ५० भन्दा बढी जनवादी गीत गाएका छन्। उनका चर्चित गीतहरुमा ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैँ प्यासी बनेर’ बोलको गीत सबैभन्दा प्रख्यात गीत हो। जुन गीत उनले विस २०३४ सालदेखि गाएका थिए।

गायक टुहुरेले गाएको अर्को चर्चित गीत ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदो छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ पनि मानिसहरुको जिब्रोमा झुण्डिएको छ। 

जनवासी गायक टुहुरे सुनसरीको धरानमा विस २००१ सालमा जन्मेका हुन्। उनको खास नाम जुठबहादुर खड्गी थियो। टुहुरेलाई एकीकृत माओवादीले दोस्रो संविधानसभामा समानुपातिक सभासद पनि बनाएको थियो। तर उनले राजनीतिमा सक्रिया रुपमा चासो देखाएन। 

उनको पार्थिव शरीरलाई आजै दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म पेरिसडाँडा माओवादीको पाटी कार्यलयमा राखि श्रद्धाञ्जलीका लागि राखिँएको थियो । त्यसपछि दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो। उनको अन्तिम संस्कारमा कलाकारहरुको समेत उलेख्य उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...