News Portal

  • बलात्कारीलाई फाँसीको सजाय हुनुपर्छ : गृहमन्त्री बादल

    ५९८ पटक

    काठमाडौं – आजका पत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसंघ महासभामा गरेको सम्बोधन, नेकपामा माधव नेपाल समूहको असन्तुष्टि, प्रदेश ७ को नाम र राजधानी तोकिएको समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।

    त्यसबाहेक, गृहमन्त्री रामबहादुर थापा बादलले पनि बलात्कारीलाई फाँसीको सजायँ हुनुपर्ने अभिव्यक्ति दिएको समाचार पनि आजको पत्रिकाको प्रमुख हेडलाइन बनेको छ ।

    अन्नपूर्ण पोष्ट दैनिकका अनुसार गृहमन्त्री बादलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाले आफ्नो शिर निहुरिएको भन्दै बलात्कारीलाई फाँसीको सजायँ ठीक हुने बताएका छन् ।

    नेकपाका प्रदेश ३ इञ्चार्ज अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रतिनिधिमण्डलसँग शुक्रबार भएको भेटमा गृहमन्त्रीले बलात्कार जस्ता जघन्य अपराधीलाई फाँसीसम्मको सजायँ व्यवस्था गर्न कानुन संशोधन गर्ने प्रतिबद्धता जनाएको समाचारमा उल्लेख छ ।

    नयाँ पत्रिका दैनिकले ‘देशका अब्बल महिला’ शिर्षकमा प्रमुख समाचार छापेको छ । समाचारअनुसार राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, प्रदेश ३ प्रमुख अनुराधा कोइराला, बैंकको पहिलो महिला सीईओ अनुपमा खुन्जेली लगायतलाई अब्बल महिलाको सूचीमा राखेको छ ।

    यसैगरी एलडीओ, सीता परियार, प्रशासक यामकुमारी खतिवडा, तेक्वान्दो खेलाडी संगीना वैद्य, अल्ट्रा धावक मीरा राई, बडिबिल्डर ननिता महर्जनलाई नयाँ पत्रिकाले अब्बल महिलाको सूचीमा राखेको छ ।

    कान्तिपुर दैनिकले पनि महिला मुद्दालाई नै प्राथमिकता दिँदै ‘उपप्रमुखको उत्साह’ शीर्षकको समाचार प्राथमिकताका साथ छापेको छ । स्थानीय तहका अधिकांश उपप्रमुख महिला छन् जो नेतृत्वमा स्थापित हुन के गर्नुपर्छ भन्ने बुझ्दै सिक्दै छन् । उनीहरु भन्छन्- महिलालाई अधिकार नदिने अनि काम गनर्ैै सक्दैनन भन्ने पुरुषवादी सोच चिर्न लागिपरेका छौं ।

    नागरिक दैनिकमा जोखिममा परिवार टुटेका बालिकाको विषय मुख्य समाचार बनेको छ । संकटग्रस्त र टुटेको परिवारका बालबालिका तथा महिला बलात्कारको बढी जोखिममा परिरहेको समाचारको सार हो । उदाहरणसहित पुष्टि गर्ने प्रयास स्वरुप नागरिकले कञ्चनपुरकी निर्मला र कास्कीकी श्रेयाको बलात्कारपछि हत्या भएको घटनाको चर्चा छ जसमा दुवै बालिकाको पारिवारिक अवस्था उस्तै उस्तै छ । अर्थात् दुवै बालिकाका आमा पतिसँग अलग्गिएका थिए ।

    समाचारमा समाजशास्त्री तथा त्रिभुवन विश्वविद्यालयकी सहप्राध्यापक डा. ज्ञानु क्षेत्रीले भनेकी छन्- अपराधीले कमजोरमाथि निसाना लगाइरहने हुँदा पारिवारिक एकता कमजोर भएकाहरु बलात्कारको जोखिममा पर्ने सम्भावना बढी हुन्छ ।

    नेपाल समाचारपत्र दैनिकमा नागरिक दैनिकको माथिको समाचारको सारसँग मिल्दोजुल्दो समाचार छ । ‘आमासँग लिभिङ टुगेदर, छोरीमाथि बलात्कार !’ शीर्षकको समाचारमा श्रीमानसँग अलग्गिएर ललितपुरको धोबिघाटमा बस्दै आएकी एक महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका तेह्रथुमका २० वर्षीय पाएलोस कुरुम्वाङले उनकै छोरीलाई बलात्कार गरेको प्रसंग छ । कुरुम्वाङले आफ्नो कर्तुत स्वीकार गरेका छन् र उनलाई ललितपुर जिल्ला अदालतले १५ वर्ष कैद र पाँच लाख क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

    राजधानी दैनिकले भारतसँग ग्यास पाइपलाइन बिस्तार गर्ने सहमति भएको समाचारलाई प्राथमिकताका साथ छापेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानबीच शुक्रबार काठमाडौंमा यस्तो सहमति भएको थियो । दुई देशबीचको बैठकमा भारतको गोरखपुरबाट नेपालको सुनौलीमा ग्यास पाइपलाइन बिस्तार गर्ने आवश्यक तयारी गर्ने समझदारी भएको मन्त्री यादवले जानकारी दिएका छन् ।

    मन्त्रीस्तरीय बैठकमा नेपालका ग्यास बुलेटलाई खाना पकाउने ग्यास आयात गर्न पाउने सहमति पनि भएको समाचारमा उल्लेख छ ।

    गोरखापत्र दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनलाई मुख्य समाचार बनाएको छ । समाचारमा लेखिएअनुसार प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि अनुकरणीय भएको बताएका छन् । उनले शीतयुद्धको अन्त्यपछि पनि विश्व अनिश्चिततामा बाँचिरहेको देखापरेको, ब्यापारको तनाव बढिरहेको बहुपक्षीयता न्याय र समानतामाथि प्रश्न उठिरहेको पनि बताएका छन् । अनलाइनरखबाट

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन १० गतेको राशिफल

    आज साउन १०, २०८२ (जुलाई २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    “मलाई पार्टीबाट रोक्न सकिँदैन” – भण्डारीको एमाले नेतृत्वलाई चुनौतीपूर्ण सन्देश

    काठमाडौं, साउन ९ – पार्टी सदस्यताको विषयमा नेकपा एमालेले लिएको पछिल्लो निर्णयप्रति गहिरो असन्तुष्टि जनाउँदै...

    एमालेलाई बलियो बनाउने अभियानमा विद्यादेवी भण्डारी : “मलाई पदको लालसा छैन”

    काठमाडौं, साउन ९ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) भित्र देखिएको विवादप्रति प्रतिक्रिया दिँदै आफूलाई...

    सार्वजनिक स्थानमा धूम्रपान गरे अब जरिवाना : काठमाडौं महानगरको कडाइ

    काठमाडौं, साउन ९ – काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धूम्रपान गर्नेहरूमाथि अब कडा निगरानीसाथ जरिवाना गर्ने...

    इरानको जेलबाट मुक्त भए पाँच नेपाली, बिहीबार स्वदेश अवतरण

    काठमाडौं, साउन ९ – इरानको जेलमा महिनौँदेखि थुनामा रहेका पाँच जना नेपाली नागरिक अन्ततः रिहा भई...