News Portal

गायक प्रीयजन राई र गायिका सुजिता राईको “लाय माया मर्दैन” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४६३ पटक

काठमाठौं –  युवा गायक प्रीयजन राई र नव चर्चित गायिका सुजिता राईको युगल आवाजमा “लाय माया मर्दैन” म्युजिक भिडियो सार्वजनिक भएको छ।

युवा गायक तथा संगीतकार प्रीयजन राई पूर्वेली लोक गीतमा विगत धेरै लामो समयदेखि राजधानी काठमाडौमा बसेर सागीतिक दुनियामा नया नया गीत सिर्जना गर्दै आईरहेका छन्। गायक तथा संगीतकार राईले दर्जनौ गीतमा संगीत तथा आवाज दिएका राईले पुन: नया म्युजिक भिडियो “लाय माया मर्दैन” संगीत साथै आवाज दिएका छन्। सार्वजनिक म्युजिक भिडियो पूर्वेली जुनतारा युटुव च्यानल मार्फत सावजनिक गरेका छन्। 

सार्वजनिक गीतमा भ्वाइस अफ नेपालको नक आउट राउण्डबाट बाहिरिएकी भारतकी सिक्किम्ली चेली सुदिता राईले आवाज दिएकी छिन्। गीतकार दिपक बस्नेतको शब्द रचना रहेको गीतको ऐरेन्ज मनोज साङसोन राईले गरेका छन् भने मिक्सिङ मास्टरिङ राजु कार्कीले स्टुडियो किङमा सुरेश राईले रेकर्ड गरेका हुन्। 

सार्वजनिक गीतको छायांकन र सम्पादन नरोतम पाण्डेले ओजस फ्लिम स्टुडियोले तयार गरेको गीतको बाध्यताले विछोडिनु परेको बास्तविकता भित्र रहेर आफ्नो मायालुलाई सम्झेर गीत तयार गरिएको गीतकारले हिमालीसंचार डटकमलाई बताए। 

भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...