News Portal

देशै रमाईलो म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५६१ पटक

काठमाडौं – बरिष्ठ कवि तथा गीतकार भुपाल राईको शब्द रचना तथा संगीत दर्शक-श्रोतामाझ धेरै उत्कृष्ट गीतहरु ल्याईसकेका चर्चित गायक रुपकुमार राईको आवाजमा रहेको “देशै रमाईलो” गीत आज सार्वजनिक भएको छ।

सार्वजनिक म्युजिक भिडियो गीतकार भुपाल राईको आफ्नै अफिसियल युट्युबच्यानल “भुपाल राई अफिसियल युट्युब च्यानल” मार्फत आज सारवजनिक गरिएको हो ।

द भर्जिन भ्वाईस रेकर्डिङ स्टुडियोमा करिब १८/१९ बर्ष अगाडि रेकर्ड हुँदा यो देशमा जनयुद्ध उत्कर्षमा पुदै थियो। त्यो समय समाजको बिभिन्न विभेद तथा उत्पिडनको अन्त्य र राज्य पुनसंरचना  गरेर देश संघात्मक ब्याबस्थामा जानुपर्दछ भन्ने मुद्दा स्थापित हुँदै गरेको समय थियो।

पबिधन खालिङको संगीत संयोजन रहेको गीत सम्भवत: संघिय संरचनाको सुन्दर, ब्याबहारिक अनि नेपालको सापेक्षताको पहिलो संघिय संरचनाको बैचारिक पाटा र पक्षहरु समेटिएको पहिलो रेकडिट संघियतामा आधारित राष्ट्रिय गीत भएको गीतकार राईले हिमालीसंचार डटकमलाई बताए । नेपालमा संघिय राज्य स्थापना भएर कार्यन्वयन तहमा रहेपनि नेपालको सापेक्षतामा संघिय संरचनाहरु अझै पनि ब्याबहारिक र वैज्ञानिक तरिकाबाट स्थापित भएका छैन। 

हाम्रो समाजको आधा भन्दा बढी हिस्सा अझै असन्तुष्ट रहेका छन। गीतकारको अनुसार “साहित्य, गित संगीत यस्तो मनोरंजन माध्यम मात्र होईन, विचार र चेतना सम्प्रेष गर्ने माध्यम पनि हो”। त्यसैले नेपाली गीत संगीत उधोगले आज एउटा पुरानो तर नयाँ विचार प्रधान रहेको गीत पाएको छ।

ओजस फिल्मस स्टुडियोले निर्माण गरेको म्युजिक भिडियोलाई नरोत्तम पाण्डेले सम्पादन गरेको यो गीतलाई मुक्तिकामी, वैचारिक चेतनाको स्तर उठेका अग्रगमनका पक्षपाती आम सचेत मानिसहरुले मन पराईदिने कुरामा विश्वस्त रहेको गीत निर्माण पक्षले हिमालीसंचार डटकमलाई बताए।

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...