News Portal

मेलिना राई र निशान भट्टाराईको आवाजमा “सालघारीमा” सार्वजनिक (भिडियो सिहित)

हिमालीसंचार संवाददाता
८३९ पटक

काठमाडौं – चर्चित गायिका मेलिना राई र नेपाल आइडलबाट आफ्नो परिचय बनाएका चर्चित युवा गायक निशान भट्टराईको युगल आवाजमा “सालघारीमा” डान्सिङ रोमान्टिक म्युजिक भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक म्युजिक भिडियो चर्चित मोडल अञ्जुली अधिकारी र विजय पुनले मुख्य अभिनय गरेका म्युजिक भिडियोको निर्देशक र कोरियोग्राफर आशिष राईले निर्देशन गरेका म्युजिक भिडियोको छायांकन दुर्गा बान्तावा राई, सह-छायंकनमा मनोज राईले छायांकन गरेका हुन्। राजु कार्कीले एरेन्ज गरेका म्युजिक भिडियोको संगीत युवा संगीकार दिलीप कोयी राईले गरेका हुन्। 

सार्वजनिक म्युजिक भिडियोको ऋगारमा सन्जु थलाङ, ड्रोनमा किरण रक्काले लिएका दृश्यमा रेकर्डिङ, मिक्सिङ र मास्टरिङ एकराज सेम राईले वान पिस स्टुडियो काठमाडौंमा रेकडिङ गरिएको भिडियो जनता डिजिडल फ्लिम मार्फत बजारमा ल्याइएको हो। म्युजिक भिडियो प्राविधिक पक्षको सम्पूर्ण इडिटिङ र कलरिङ अमृत चापागाईले गरेका हुन्। छायांकन सि’काली फर्पिङ स्थित रमणीय सुन्दर क्षेत्र काठमाडौंमा गरिएको हो।

गीतकार राईका अनुसार सार्वजनिक म्युजिक भिडियो निर्माण गर्न मकाउमा रहनु हुने नेपाली समुदायको विशेष माया, सद्भाव र ठुलो सहयोग पाएको बताउदै आफुलाई सहयोग गर्नु हुने मकाउमा कार्यरत सहयोगी मानुभावहरु र मकाउमा गठीत विभिन्न संधसंस्थाहरुमा विशेष आभार प्रकट गरेका छन्। 

गीतकार राईका अनुसार म्युजिक भिडियोका लागि मकाउका सफल युवा व्यबसायी हिमालयन हाउस मकाउका संचालक रुस्तम श्रेष्ठको मुख्य प्रायोजित रहेको बताए। त्यस्तै, नेपाली सहयोगी हातहरु मकाउ, गुरुङ “तमु” समाज मकाउ, किरात राई यायोक्खा मकाउ, मगर संध मकाउ, शेर्पा समाज मकाउ, नेपाल आदिबासी जनजाति महासंध मकाउ, मकाउ तामाङ घेदुङ एशोसियएसन मकाउ, किरात याक्थुम चुम्लुङ मकाउ, एन-होप ट्रेडिङ एण्ड ब्राण्ड लिमिटेट, महिला शक्ति समाज सुनसरी नेपाल र Lion Kabita Rai District 325A1, Advisor L/Y 2021-2022 लगादले विशेष सहयोग र सह प्रायोजक गरेको गीतकार राईले जानकारी दिए। 

गीतकार सन्जिब कोयी राईको शब्द रचना रहेको म्युजिक भिडियो सन्जिब कोयी युटुव च्यानल मार्फत आज शुक्रबार सार्वजनिक गरिएको हो। गीतकार राई लामो समयदेखि मकाउमा छन्। नया युटुव च्यानल भएपनि गीतकार राईले राम्रो सपोर्ट पाइरहेको बताए।

म्युजिक भिडियो यहाँ हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...