
काठमाडौं – विगत लामो समयदेखि हङकङ जोर्डन शहर स्थित बस्दै आईरहेका सर्जक युवा राई साहित्य, संगीत र पत्रकारितामा हङकङदेखि सक्रिय गीतकार राईले “मुलबाटो” म्युजिक भिडियो हिजो साँझ आफ्नै युटुव च्यानल युवा राई अफिसियल मार्फत सार्वजनिक गरेका छन्।
सार्वजनिक गीतमा भ्वाइज अफ नेपालको नक आउटबाट बाहिरिएकी भारतकी सिक्किमेली गायिका सुदिता राईले आवाज दिएकी छिन्। गीतकार युवा राईको शब्द रचना रहेको गीतमा युवा संगीतकार गौतम सागर राईले संगीत भरेका हुन् । एरेन्ज मनोज साङ्सोन राई, मिक्सिङ राजु कार्कीले गरेका गीतको रेकर्डिङ किङ स्टुडियो अनामनगरमा सुरेश राईले रेकर्ड गरेका हुन ।
सार्वजनिक म्युजिक भिडियो मुलबाटो हुँदै सधै हिडिरहने मायालु बाटो हिडन छोडेपछी त्यही बियोगमा प्रेमिला यादहरुको कल्पना गर्दै बतास प्रकृतिसंग एकान्तमा मनका उन्मादहरु ती मायालुको बियोगका भावहरु गीतकारले गीतमा प्रस्तुत गरेका छन। गीतको लिप्सिङ छायांकन र सम्पादन जस्केलो क्रियसनले गरेको हो।
भिडियो यहाँ हेर्नुस्
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
