News Portal

गोर्खालीहरुको आन्दोलनमा बेलायतको विपक्षी दलको ऐक्यवद्धता

हिमालीसंचार संवाददाता
४५९ पटक

लण्डन – गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास अगाडि आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरूको आन्दोलनप्रति बेलायतको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ ।

विपक्षी लेबर पार्टीले बोरिस जोनसन नेतृत्वको वर्तमान सरकारलाई ब्रिटिस आर्मीसँगै जोडिएर लडेका गोर्खाहरूलाई दिँदै आएको असमान पेन्सन अपमानजनक रहेको र यसको अन्त्य गर्न भनेको छ। पार्टीका छायाँ रक्षामन्त्री स्टेफन मोर्गनले परराष्ट्र सचिवलाई यसअघि नै पत्र लेखेर असमान पेन्सनका बारेमा तत्काल कदम चाल्न भनिसकेको बताए ।

बुधबार स्थानीय सञ्चारमाध्यममा लेबर पार्टीका सांसद मोर्गनले भने, “गोर्खाहरूले २ सय वर्ष हाम्रो देशमा सेवा गरेका कारण हाल उठाइएको मुद्दामा हाम्रो चासो रहेको छ । सरकारले यो अपमानजनक विभेदको अन्त्य गर्ने कुरा दुई वर्षअघि नै गरे पनि हालसम्म कार्यन्वयन गरेको छैन। अब यो अपमानजनक कार्य तत्काल अन्त्य हुनुपर्छ । हामी गोर्खाहरूको पक्षमा छौँ ।” उनले तीन गोर्खाले न्यायका लागि मर्न तयार रहेको भनिरहँदा बेलायती समाजमा यो कालो धब्बाका रूपमा देखिने बताए ।

अनशनरतमध्येका धन गुरुङले भने, “हाम्रो पुर्खाले यो देश बचाउन प्राण आहुति गरे । अब हामीले न्यायका लागि प्राण त्याग्न तयार हुनुपरेको छ ।” यसै सन्दर्भमा रक्षा मन्त्रालयका प्रवक्ताले बेलायती सेनामा गरेको ठूलो योगदानको मूल्याङ्कन गरेर गोर्खाहरूको उपचार र पेन्सनको व्यवस्था गरेको तथा बेलायतको पेन्सन प्रावधानलाई ध्यानमा राखी उचित, न्यायोचित पेन्सन वितरण गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

गत २१ जुलाईबाट १३ भिसीहरुको नाममा १७ दिने रिले अनशन बसेका गोर्खालीहरुको माग सम्बोधन नगरिएपछि गत शनिवारदेखि ज्ञानराज राई, धन गुरुङ र पुष्पा घलेले भोक अनशन शुरू गरेका छन् ।

सन् १९९७ अघि बेलायतको लागि लडेका गोर्खालीहरुलाई बेलायत नागरिकले पाउने सरह पेन्सन पाउनुपर्ने लगायतका मागहरु राख्दै बर्षौदेखि आन्दोलन गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...