News Portal

  • गीतकार डा. सुमाया राईको “माया हजुर-२” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    १३४५ पटक

    काठमाडौं – गीतकार डा. सुमाया राईको शब्द रचनामा रहेको “माया हजुर-२” म्युजिक भिडियो हिजो साझ लिम्दुमी क्रियशनको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

    चर्चित मेधास्टार गायक राजेश पायल राई र चर्चित गायिका सुनिता थेगेमको युगल आवाजमा रहेको म्युजिक भिडियो गीतको संगीत चर्चित संगीतकार डिआर अटुले गरेका छन् भने ऐरेन्ज साथै मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका गीत अनाम नगर स्थित किङ स्युडियो काठमाडौंमा रेकर्डिस्ट सुरेश राईले रेकर्डिङ गरेका हुन् । 

    सार्वजनिक म्युजिक भिडियोको छायांकन, सम्पादन सम्पूर्ण प्राविधिक पक्षको मिश्रण र निर्देशक इशाक जवेगुले गरेका म्युजिक भिडियो लिम्दुमी क्रियशन युटुव च्यानल मार्फत सार्वजनिक गरिएको गीतकार डा. सुमाया राईले बताईन्। 

    डा. राईले विभिन्न सामाजिक विषयमा कलम चलाउदै आएकी छिन्। किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिका पूर्व अध्यक्ष समेत रहेकी डा. राईले पछिल्लो समय गीतको माध्यमद्वारा दर्शक श्रोता माझ कोसेली स्वरुप “माया हजुर-२” बजारमा ल्याएकी हुन्। 

    गीतकार डा. राईले विशेषत किरात समुदाय भित्रका मौलिक टिपिकल शब्द चयन गरेका गीतमा गायक राजेश पायल राई र गायिका सुनिता थेगेमले आफ्नो मौलिक परम्परागत भेषभूषामा राम्रो अभिनय निर्वाह गरेका छन्। 

    म्युजिक भिडियो यहाँ हेर्नुस् 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दशैंपछि सेयर बजारमा ३ प्रतिशत गिरावट, नीतिगत सहजतापछि सुधारको आशा

    काठमाडौँ, असोज २४ – दशैं सकिएपछि खुलेको सेयर बजार यस साता कमजोर रह्यो। बजार सूचक...

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...

    टोखामा युवकको हत्या, दुई जना पक्राउ

    काठमाडौं, असोज २४ — काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको ज्यान...