News Portal

प्रधानमन्त्रीले यसरी गुहार मागेको सुनेको थिइन : कांग्रेस संसदीय दलका उपनेता गच्छदार

हिमाली संचार संवाददाता
६१५ पटक

काठमाडौं – नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रधानमन्त्रीले आफ्नो प्रतिरक्षाका लागि सत्तापक्षका सांसदसँग गुहार माग्नु लज्जास्पद भएको बताएका छन् ।

बिहीबार संसद बैठकलाई संबोधन गर्दै नेता गच्छदारले सरकार यो भन्दा निरिह बनेको आफूले अहिलेसम्म नदेखेको जिकिर गरे । ‘राज्य कतिसम्म निरिह बनेको छ भने केपी ओलीले संसदहरुसँग गुहार माग्नुहुन्छ, किन सरकारको प्रतिरक्षा नगरेको भन्नुहुन्छ’ उनले भने ‘ प्रधानमन्त्रीहरुले यस्तो कहिले बोलेको सुनेको थिइन । प्रधानमन्त्रीले अरिगाँल झैं खनिनु भनेर सत्तापक्षका माननीयलाई उचाल्नुहुन्छ ।’

नेता गच्छदारले प्रधानमन्त्रीले सत्तापक्षका सांसदलाई उचालेर देशलाई मुठभेडमा लैजान खोजेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले विगतमा सर्वपक्षीय बैठकहरुमा संघीयता विरोधी अभिव्यक्ति दिने गरेको भन्दै नेता गच्छदारले प्रधानमन्त्री भएका बेला संघीयता असफल बनाउन खोजेको आरोपसमेत लगाए ।

सरकार शान्ति सुरक्षा कायम गर्न असफल देखिएको भन्दै सत्तापक्षले नै सरकारको विरोध गरेको पहिलो पटक देखेको गच्छदारले टिप्पणी गरे । ‘सत्ता पक्षबाटै सरकारको आलोचना । आलोचनामात्रै होइन सरकारको निरिहताबारे, सरकारको क्रियाकलापप्रति लज्जाबोध गर्ने खालको अभिव्यक्ति आएको छ । २६/२७ वर्षको इतिहासमा यस्तो पाएको थिइन’ उनले भने ।

प्रतिकृया दिनुहोस्

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...