News Portal

कांग्रेसको विधान मस्यौदामाथि विराटनगरमा सुझाव संकलन शुरु

हिमाली संचार संवाददाता
६४६ पटक

विराटनगर – नेपाली कांग्रेसले पार्टीको विधान मस्यौदा संशोधनका लागि विराटनगरमा पनि सुझाव संकलन शुरु गरेको छ ।

प्रदेश स्तरीय भेला राखेर कांग्रेसले आवश्यक विधान मस्यौदामाथि नेता कार्यकर्ता माझबाट सुझाव संकलनको कार्य बिहीबारदेखि शुरु गरेको हो । सुझाव संकलनका लागि कांग्रेसका महामन्त्री एवं विधान मस्यौदा समितिका संयोजक पुर्णबहादुर खड्का विराटनगर आएका छन् ।

नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले प्रदेश १ अन्तर्गत १४ जिल्लामध्ये १० जिल्लाका कांग्रेस जिल्ला सभापति, क्षेत्रिय सभापति, प्रदेश सांसद, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरु छलफलमा सहभागी भएको जानकारी दिए ।

दुई दिनसम्म चल्ने सो छलफल तथा सुझाव संकलन गर्ने कार्यक्रममा सहभागी नेता कार्यकर्ताबाट आएको सुझाव मस्यौदा समितिले संकलन गर्ने छ ।

कार्यक्रममा समुह बनाएर विधानमाथि आवश्यक संसोधनका बारेमा छलफल र सुझाव लिन शुरु गरिएको जिल्ला सभापति लिम्बुले बताए ।

सुझाव संकलनका लागि विराटनगर आईपुगेका महामन्त्री खड्काले विधान संशोधनपछि नेपाली कांग्रेस नयाँ गतिका साथ अघि बढ्ने बताए । महामन्त्री खडकाले संघीय संरचना अनुसार पार्टिलाई अघि बढाउन विधान संशोधन आवश्यक रहेकोमा जोड दिए ।

कांग्रेस पार्टीप्रति जनताको विश्वास रहेकाले आम कार्याकर्ताको जनताको चाहना अनुसार विधान संशोधनको तयारीमा कांग्रेस रहेको जानकारी दिए ।

कांग्रेसलाई एक नम्बरको पार्टीको रुपमा स्थापित गर्ने गरी संशोधनका लागि सुझाव दिन सहभागीलाई उनले आग्रह गरे ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...