News Portal

नागरिक अगुवाहरुलाई रिहाई माग सहित धरानमा विरोध प्रर्दशन

हिमालीसंचार संवाददाता
३७४ पटक

धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुद्धिकरणको माग गर्दै राजधानीमा सिंहदरबार घेराउ गर्न पुगेका नागरिक अगुवाहरु पक्राउको विरोधमा धरानमा पनि प्रर्दशन भएको छ ।

धरान नागरिक दबाब सञ्जालको आयोजनामा आइतबार दिउँसो भानुचोकमा प्रर्दशन भएको थियो । प्रर्दशनमा नागरिक दबाब सञ्जाल ९ दलीय संयन्त्र र वीपी प्रतिष्ठानको संयुक्त संघर्ष समितिका सदस्यहरुको पनि सहभागिता रहेको थियो। सहभागीहरुले भानुचोकमा उभिएर पक्राउ परेका नागरिक अगुवाहरुको रिहाईको माग गरेका थिए । 

कार्यक्रमलाई दबाब दिन सञ्जालका संयोजक राजेन्द्र शर्माले पक्राउ परेका २६ जना नागरिक अगुवाहरुलाई तत्काल रिहाई गर्न माग गर्दै वीपी प्रतिष्ठानको समस्या समाधान गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न र दोषी देखिएकाहरुलाई कारबाही गर्नुपर्ने माग गरे । ‘पक्राउ परेकाहरु तुरुन्त रिहाई हुनुपर्छ । उच्चस्तरीय छानबिन आयोग बनाएर जो जो दोषी देखिन्छ, उनीहरुलाई कारबाही गर्नुपर्छ,’शर्माले भने,‘शिक्षा र स्वास्थ्य क्षेत्रको माफियाकरण र भ्रष्टचार व्यथिति रोक्नुपर्छ ।’

प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिले आइतबार बिहान धरानमा प्रर्दशन गरेको थियो भने राजधानीमा पनि नागरिक अगुवाहरुले सिंहदरबार घेराउको कार्यक्रम राखेको थियो । सोही कार्यक्रममा प्रहरी हस्तक्षेप गरेर नारायण वाग्लेसहित २६ जनालाई पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस्

मानव ओसारपोसार मुद्दामा कुवेतमा कार्यरत जीवन परियारमाथि(भुसाल) पक्राउ पुर्जी जारी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...