News Portal

नागरिक अगुवाहरुलाई रिहाई माग सहित धरानमा विरोध प्रर्दशन

हिमालीसंचार संवाददाता
४०७ पटक

धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुद्धिकरणको माग गर्दै राजधानीमा सिंहदरबार घेराउ गर्न पुगेका नागरिक अगुवाहरु पक्राउको विरोधमा धरानमा पनि प्रर्दशन भएको छ ।

धरान नागरिक दबाब सञ्जालको आयोजनामा आइतबार दिउँसो भानुचोकमा प्रर्दशन भएको थियो । प्रर्दशनमा नागरिक दबाब सञ्जाल ९ दलीय संयन्त्र र वीपी प्रतिष्ठानको संयुक्त संघर्ष समितिका सदस्यहरुको पनि सहभागिता रहेको थियो। सहभागीहरुले भानुचोकमा उभिएर पक्राउ परेका नागरिक अगुवाहरुको रिहाईको माग गरेका थिए । 

कार्यक्रमलाई दबाब दिन सञ्जालका संयोजक राजेन्द्र शर्माले पक्राउ परेका २६ जना नागरिक अगुवाहरुलाई तत्काल रिहाई गर्न माग गर्दै वीपी प्रतिष्ठानको समस्या समाधान गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न र दोषी देखिएकाहरुलाई कारबाही गर्नुपर्ने माग गरे । ‘पक्राउ परेकाहरु तुरुन्त रिहाई हुनुपर्छ । उच्चस्तरीय छानबिन आयोग बनाएर जो जो दोषी देखिन्छ, उनीहरुलाई कारबाही गर्नुपर्छ,’शर्माले भने,‘शिक्षा र स्वास्थ्य क्षेत्रको माफियाकरण र भ्रष्टचार व्यथिति रोक्नुपर्छ ।’

प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिले आइतबार बिहान धरानमा प्रर्दशन गरेको थियो भने राजधानीमा पनि नागरिक अगुवाहरुले सिंहदरबार घेराउको कार्यक्रम राखेको थियो । सोही कार्यक्रममा प्रहरी हस्तक्षेप गरेर नारायण वाग्लेसहित २६ जनालाई पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...