News Portal

मेसीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना सेमिफाइनलमा प्रवेश, फाइनल प्रवेशका लागि कोलम्बिया

हिमालीसंचार संवाददाता
४४१ पटक

ऐजेन्सी – कप्तान लिओनल मेसीले एक गोल र दुई एसिस्ट गरेको खेलमा जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार विहान सकिएको खेलमा इक्वेइडरलाई ३-० गोलले पराजित गर्दै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो। अर्जेन्टिनाको जितमा डि पाउल,लाउटारो मार्टिनेज र लिओनल मेसीले १/१ गोल गरे। 

खेलको ४० मिनेटमा डि पाउलले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । मेसीले उपलब्ध गराएको पासमा उनले बललाई गोल पोस्टको दिशा दिए। खेलको ४५ मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर बनाउने सुवर्ण अवसर खेर फालेको थियो। गोन्जालेजले मेसीको पासमा हेडमार्फत प्रहार गरेको थिए। तर उक्त प्रहारलाई इक्वेइडरका गोलकिपरले फर्काए। रिबाउन्डमा गोन्जालेजको प्रहार सफल हुन सकेन।

८४ मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्‍यो। मेसीले दिएको पासमा मार्टिनेजले पेनाल्टी एरियाबाट फिनिसिङ गरेका थिए।

दोस्रो हाफको इन्जुरी टाइममा इक्वेइडर १० खेलाडीमा सीमित बन्यो। अर्जन्टिनाका डि मारियालाई फल गरेपछि इक्वेइडरका हिन्कपीलाई रातो कार्ड दिइएको थियो। लगत्तै अर्जेन्टिनाले तेस्रो गोल गर्‍यो। लिओनल मेसीले उनले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए।

अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ। कोलम्बियाले आइतबार नै भएको खेलमा उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। अर्को सेमिफाइनलमा आयोजक ब्राजिल र पेरुबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...