News Portal

महाअभियोगको चर्चासँगै दीपकराज जोशी पुनः घरविदामा

हिमाली संचार संवाददाता
७७४ पटक

काठमाडौं – आफू विरुद्ध महाअभियोग लगाउन सत्तारुढ नेकपाका सांसदहरुको हस्ताक्षर संकलन भएका बेला सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशी पुनः घरविदामा बसेका छन् ।

संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि जोशी लामो घरविदामा बसेका थिए ।

ओमप्रकाश मिश्र प्रधानन्यायाधीश नियुक्त भएपछि सर्वोच्च फर्किएका जोशीले केही दिन इजलास पाएका थिएनन् । तर कानुनमन्त्री तथा न्यायपरिषद सदस्य भानुभक्त ढकालसँगको गोप्य सहमतिपछि उनलाई इजलास दिइएको स्रोतको दावी छ ।

जोशीले सो गोप्य सहमतिअनुसार राजीनामा नदिएपछि उनीविरुद्ध महाअभियोग लगाउन नेकपाका सांसदहरुको हस्ताक्षर संकलन भइसकेको छ । जोशीले सर्वोच्चमा फर्केर इजलास पाएपछि आफू राजीनामा दिएर बाहिरिने वचन तोडेको दावी सत्तापक्षका नेताहरुको छ ।

शैक्षिक प्रमाणपत्र नक्कली र विवादस्पद फैसलाहरुलाई कारण देखाउँदै जोशीलाई संसदले अस्वीकृत गरेको थियो । उनले राजीनामा नदिए महाअभियोग दर्ता गर्ने भनिएका बेला जोशी शुक्रबारसम्मका लागि विदामा बसेको स्रोतले जनाएको छ ।

यद्यपी जोशी निकट स्रोतले भने उनी सोह्रश्राद्धमा पितृ श्राद्ध गर्न घरविदामा बसेको र शुक्रबारपछि पुनः अदालत फर्किने दावी गरेको छ । जोशीले राजीनामा नदिने स्रोतको दावी छ । कांग्रसले जोशीविरुद्ध महाअभियोग नलगाउन सत्तापक्षलाई चेतावनी दिएको छ ।

प्रतिकृया दिनुहोस्

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...