News Portal

आत्मघाती गोलका कारण फ्रान्सले जर्मनीलाई हरायो

हिमालीसंचार संवाददाता
५२४ पटक

गत रात युरो खेल अन्तर्गत फ्रान्सले जर्मनीलाई पराजित गरेको छ। समूह ‘एफ’ अन्तर्गत म्युनिखमा भएको खेलमा फ्रान्सले घरेलु टिम जर्मनीलाई १-० गोलले पराजित गरेको हो।

जर्मनीका माट्स हुमेल्सले गरेको आत्मघाती गोल नै फ्रान्सलाई जित निकाल्न पर्याप्त बन्यो। खेलको २० औं मिनेटमा हुमेल्सले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए। फ्रान्सका लुकास हर्नान्डेजको क्रस रोक्ने क्रममा हुमेल्सको प्रहारले जाली चुमेको थियो।

जर्मनीका गिनर्बीले पाएको अवसरमा गोल गर्न सकेनन्। उनले सिक्स यार्डबाट हानेको प्रहार आकासिदै बाहिर गएको थियो । दोस्रो हाफमा फ्रान्सका रबिओटको प्रहारले पनि पोस्टको दिशा लिन सकेन। 

६६ मिनेटमा एमबाप्पेले बललाई जाली चुमाए पनि रेफ्री अफ साइड घोषित गरेको थियो । त्यस्तै, ८६ मिनेटमा करिम बेन्जिमाले पनि बललाई गोलपोस्टको दिशा दिएका थिए । एमबाप्पेको पासमा उनले उत्कृष्ट फिनिसिङ गरे पनि आफसाइड भएको थियो।

जितसँगै विश्वविजेता फ्रान्सले समूहमा ३ अंक जोडेको छ। यसअघि यो समूहको खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोलले पराजित गर्‍यो। पोर्चुगलको जितमा दुई गोल गरेका कप्तान क्रिस्टियानो रोनाल्डोले युरो कपमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका थिए।

प्रतिकृया दिनुहोस्

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...