News Portal

मोरङको रंगेली कोभिड अस्पतालमा बिरामी शुन्य

हिमालीसंचार संवाददाता
५१७ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७, स्थित रहेको कोभिड-१९ अस्पतालमा बिरामी नहुदा पुर्ण रुपमा अस्पताल खाली भएको छ ।

कोरोना संक्रमित भएका बिरामीहरु पूर्णरुपमा निको भएपछि सबै विरामीलाई डिस्चार्ज गरेपछि मोरङको रंगेलीमा रहेको कोभिड-१९ अस्पताल खाली भएको हो । यो समचार तयार पार्दासम्म कोभिड-१९ अस्पतालमा कुनै पनि बिरामी नरहेको अस्पताल प्रशासनले जनाएको छ ।  

नेपालमा दोस्रो लहरके कोरोना संक्रमण ज्यादै डरलाग्लो रुपमा फैलिरहेको अबस्थामा मोरङको रंगेली नगरपालिकाले बैशाख २९ गतेदेखि २० बेडको अक्सिजन सहितको आइसोलेन सेन्टर संचालनमा ल्याएको थियो । 

कोभिड-१९ अस्पतालमा ४० जनासम्मको उपचार गरिएको थियो । जस मध्ये २६ जना पुरुष र १४ जना महिला रहेका थिए । ती मध्ये ३ जनाको  स्वास्थ्यमा थप जटिल समस्या देखिएपछि उनीहरुलाई विराटनगर कोभिड अस्पतालमा रिफर गरिएको थियो । 

रंगेलीको कोभिड अस्पतालमा उपचारका क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु समेत भएको थियो। उनीहरुलाई पुराना रोग समेत रहेको रंगेली अस्पतालका मेसु रोहेन्द्र पाण्डेले बताए ।

नगरपालिकाले रंगेलीमा जेष्ठ महिनादेखि कोरोना सङ्क्रमण बडदै गए पछि बजार क्षेत्र पुर्ण रुपमा सिल तथा निषेधाज्ञा गरेको  कारणले कोरोना संक्रण नियन्त्रणमा आएको स्थानीयको अनुमान रहेको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...