News Portal

मोरङको रंगेली कोभिड अस्पतालमा बिरामी शुन्य

हिमालीसंचार संवाददाता
५५६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७, स्थित रहेको कोभिड-१९ अस्पतालमा बिरामी नहुदा पुर्ण रुपमा अस्पताल खाली भएको छ ।

कोरोना संक्रमित भएका बिरामीहरु पूर्णरुपमा निको भएपछि सबै विरामीलाई डिस्चार्ज गरेपछि मोरङको रंगेलीमा रहेको कोभिड-१९ अस्पताल खाली भएको हो । यो समचार तयार पार्दासम्म कोभिड-१९ अस्पतालमा कुनै पनि बिरामी नरहेको अस्पताल प्रशासनले जनाएको छ ।  

नेपालमा दोस्रो लहरके कोरोना संक्रमण ज्यादै डरलाग्लो रुपमा फैलिरहेको अबस्थामा मोरङको रंगेली नगरपालिकाले बैशाख २९ गतेदेखि २० बेडको अक्सिजन सहितको आइसोलेन सेन्टर संचालनमा ल्याएको थियो । 

कोभिड-१९ अस्पतालमा ४० जनासम्मको उपचार गरिएको थियो । जस मध्ये २६ जना पुरुष र १४ जना महिला रहेका थिए । ती मध्ये ३ जनाको  स्वास्थ्यमा थप जटिल समस्या देखिएपछि उनीहरुलाई विराटनगर कोभिड अस्पतालमा रिफर गरिएको थियो । 

रंगेलीको कोभिड अस्पतालमा उपचारका क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु समेत भएको थियो। उनीहरुलाई पुराना रोग समेत रहेको रंगेली अस्पतालका मेसु रोहेन्द्र पाण्डेले बताए ।

नगरपालिकाले रंगेलीमा जेष्ठ महिनादेखि कोरोना सङ्क्रमण बडदै गए पछि बजार क्षेत्र पुर्ण रुपमा सिल तथा निषेधाज्ञा गरेको  कारणले कोरोना संक्रण नियन्त्रणमा आएको स्थानीयको अनुमान रहेको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...