News Portal

खोटाङ सेवा समाज यूकेले खोटाङलाई ११लाखकाे स्वास्थ्य सामग्री उपलव्ध गरायाे

हिमालीसंचार संवाददाता
७३० पटक

खोटाङ – खोटाङ सेवा समाज यूकेले खोटाङलाई कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणका क्रममा उपयोग हुने ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलव्ध गराएको छ ।

कोभिड–१९ को संक्रमणबाट बाँच्न र बचाउनका लागि खोटाङ सेवा समाज यूकेले जिल्लालाई अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, बिआइपिएपी, मास्क लगायतका ११ लाख ४६ हजार २०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खोटाङ सेवा समाजले उपलव्ध गराएको हो ।

यूकेमा सञ्चालन गरिएको ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान अन्तरगत जुटाइएको रकमबाट खरिद गरिएको स्वास्थ्य सामग्री खोटाङ सेवा समाज यूकेका विशिष्ट संरक्षक सदस्य एवं संस्थापक रविप्रकाश राई र वर्तमान सदस्य जानुका राईले स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देललाई हस्तान्तरण गरेका छन् ।

आफ्नो जन्म्भूमीमा बसिरहेका नागरिकलाई संक्रमणका कारण अकालमा ज्यान गुमाउनबाट बचाउने लक्ष्यका साथ खोटाङ सेवा समाज यूकेले प्राणघातक रोग कोभिड विरुद्ध यूकेमा अभियान सञ्चालन गरेको विशिष्ट संरक्षक सदस्य एवं संस्थापक रविप्रकाश राईले बताए ।

खोटाङ सेवा समाज यूकेले गाँस काटेर जुटाएको रकमबाट खरिद गरिएको स्वास्थ्य सामग्री जिल्लाका १० स्थानीय तह र जिल्ला अस्पतालमा पुग्नेगरी पठाइदिएको हो । दोश्रो चरणमा स्थानीय तह र जिल्ला अस्पतालको आवश्यकताको आधारमा थप स्वास्थ्य सामग्री पठाइने खोटाङ सेवा समाज यूकेका सदस्य जानुका राईले बताईन् ।

कोभिड–१९ को संक्रमण भएको अवस्थामा अक्सिजनको अभाव हुँदा कतिपय संक्रमितको अकालमा मृत्यु भएको खबर सार्वजनिक भइरहेको बेला खोटाङ सेवा समाज यूकेले ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान संस्थाको अध्यक्ष डा प्रमोद राईको सम्योजकतामा थालेको थियो ।

गाँस काटेर जिल्लावासीका लागि लाखौंको स्वास्थ्य सामग्री प्रदान गरेकामा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले खोटाङ सेवा समाज यूके परिवारलाई धन्यवाद ज्ञापन गरेका छन् । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा राजनैतिक दलका प्रमुख, जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

खोटाङको सामाजिक र मानवीय हितका क्षेत्रमा सहयोग गर्दै आएको खोटाङ सेवा समाज यूकेले २०७३ साल चैत्र २६ गते खोटाङलाई एकैसाथ ७ वटा एम्बूलेन्स हस्तान्तरण गरेको थियो । त्यो भन्दा अघि पनि समाजले जिल्ला अस्पताललाई एक थान अल्ट्रा साउन्ड मेसिन प्रदान गरेको थियो ।ज

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...