News Portal

खोटाङ सेवा समाज बेलायतद्वारा खोटाङ जिल्लाका लागि स्वास्थ्य सामग्री सहयोग

हिमालीसंचार संवाददाता
५१४ पटक

खोटाङ – खोटाङ सेवा समाज बेलायतले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्या सामग्री सहयोग गरेको छ। खोटाङ घर भई बेलायतलाई कर्मथलो बनाई रहेका नेपालीहरुको साझा संस्था खोटाङ सेवा समाज बेलायतद्वारा ११ लाख ४६ हजार २ सय रुपैयाँ बराबरको कोभिड – १९ विरुद्ध प्रयोग हुने स्वास्थ्या सामग्री खोटाङ जिल्लालाई सहयोग गरेका छन्।

जिल्ला अस्पताल खोटाङको प्रांगणमा खोटाङ सेवा समाज बेलायतका विशिष्ट संरक्षक सदस्य तथा संस्थापक रविप्रकाश राई र कार्यसमिति सदस्य जानुका राईले स्वास्थ्या कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।

बेलायतमा दुई हप्ता बढी “अक्सिजन पठाऔं आफन्तको ज्यान बचाऔ” भन्ने नारा सहितको अभियान चलाएर स्वास्थ्या सामाग्री जुटाउन सफल भएको खोटाङ सेवा समाजका अध्यक्ष डा. प्रमोद कोयी राईले हिमालीसंचार डटकमलाई जाकारी दिए।

जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको स्वास्थ्या सामग्रीहरुमा ९० वटा थर्मलगन, ९ वटा कन्सनट्रेटर, १ वटा बिपप, २० वटा अक्सिजन मास्क रिर्जभर, २ वटा ईन्टुबेसन सेट, ५ वटा पल्स अक्सिमिटर, ९० वटा एडल्ट पल्स अक्सिमिटर, ५० वटा सक्सटिक्सन ट्युव, १० वटा गाईडल एयरवे, ५० वटा अक्सिजन क्र्यामेला २२, ५ वटा हाईफ्लो नजल क्यानेला, १ वटा ईलेक्ट्रिक सक्सटिक्सन र ९० वटा कनेक्सन पाईप हस्तान्त्रण गरिएको हो। 

जिल्ला अस्पताल खोटाङमा स्वास्थ्या सामग्री हस्तान्तरण कार्यक्रममा प्रशासन प्रमुख, राजनीतिक दलका प्रमुख, स्थानीय तहका प्रमुख, कर्मचारी, समाजसेवीहरु उपस्थिति रहेको थियो। कोरोना भाईरसका कारण जिल्लाबासी कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले स्वास्थ्य सामग्री पठाइएको खोटाङ सेवा समाजका अध्यक्ष डा. प्रमोद कोयी राईले बताए।

कोरोना भाइरस विरुद्ध लड्नका लागि अझै पनि थप सहयोग गर्ने युवा समाजसेवी डा. राईले बताए। हिमालीसंचारसंगको कुराकानीमा युवा समाजसेवी डा. राईले विश्वमा रहनु हुने तमाम खोटाङ जिल्लाबासी दाजुभाई, दिदिबहिनीहरु समक्ष थप आफ्नो गृह जिल्ला खोटाङका लागि आत्याबश्यक स्वास्थ्या सामाग्री सहयोग गरिदिन हुन आग्रह समेत गरेका थिए। 

डा. राईले हिमालीसंचारसंग कुरा गर्दै कोरोना प्रभावित पालिकाहरुमा आवश्यक थप सहयोग गर्नका लागि जिल्लाका सरोकारवाल व्याक्तित्वहरु संग जुम मिटिङ मार्फत आवश्यक सहयोगका लागि थप परामर्श साथै समन्वय गरेर कोरोना परास्त गर्ने उदेश्ले प्रभावकारी परियोजना तर्जुमा गर्ने समेत बताए। 

खोटाङ सेवा समाज बेलायतले खोटाङ जिल्ला अस्पताललाई विगतमा एक थान अल्ट्रा साउण्ड मेसिन सहयोग गरेको थियो।  विस २०७३ सालमा ७ वटा एम्बुलेन्स समेत सहयोग गरिसकेको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...