News Portal

खोटाङ सेवा समाज बेलायतद्वारा खोटाङ जिल्लाका लागि स्वास्थ्य सामग्री सहयोग

हिमालीसंचार संवाददाता
५२९ पटक

खोटाङ – खोटाङ सेवा समाज बेलायतले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्या सामग्री सहयोग गरेको छ। खोटाङ घर भई बेलायतलाई कर्मथलो बनाई रहेका नेपालीहरुको साझा संस्था खोटाङ सेवा समाज बेलायतद्वारा ११ लाख ४६ हजार २ सय रुपैयाँ बराबरको कोभिड – १९ विरुद्ध प्रयोग हुने स्वास्थ्या सामग्री खोटाङ जिल्लालाई सहयोग गरेका छन्।

जिल्ला अस्पताल खोटाङको प्रांगणमा खोटाङ सेवा समाज बेलायतका विशिष्ट संरक्षक सदस्य तथा संस्थापक रविप्रकाश राई र कार्यसमिति सदस्य जानुका राईले स्वास्थ्या कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।

बेलायतमा दुई हप्ता बढी “अक्सिजन पठाऔं आफन्तको ज्यान बचाऔ” भन्ने नारा सहितको अभियान चलाएर स्वास्थ्या सामाग्री जुटाउन सफल भएको खोटाङ सेवा समाजका अध्यक्ष डा. प्रमोद कोयी राईले हिमालीसंचार डटकमलाई जाकारी दिए।

जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको स्वास्थ्या सामग्रीहरुमा ९० वटा थर्मलगन, ९ वटा कन्सनट्रेटर, १ वटा बिपप, २० वटा अक्सिजन मास्क रिर्जभर, २ वटा ईन्टुबेसन सेट, ५ वटा पल्स अक्सिमिटर, ९० वटा एडल्ट पल्स अक्सिमिटर, ५० वटा सक्सटिक्सन ट्युव, १० वटा गाईडल एयरवे, ५० वटा अक्सिजन क्र्यामेला २२, ५ वटा हाईफ्लो नजल क्यानेला, १ वटा ईलेक्ट्रिक सक्सटिक्सन र ९० वटा कनेक्सन पाईप हस्तान्त्रण गरिएको हो। 

जिल्ला अस्पताल खोटाङमा स्वास्थ्या सामग्री हस्तान्तरण कार्यक्रममा प्रशासन प्रमुख, राजनीतिक दलका प्रमुख, स्थानीय तहका प्रमुख, कर्मचारी, समाजसेवीहरु उपस्थिति रहेको थियो। कोरोना भाईरसका कारण जिल्लाबासी कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले स्वास्थ्य सामग्री पठाइएको खोटाङ सेवा समाजका अध्यक्ष डा. प्रमोद कोयी राईले बताए।

कोरोना भाइरस विरुद्ध लड्नका लागि अझै पनि थप सहयोग गर्ने युवा समाजसेवी डा. राईले बताए। हिमालीसंचारसंगको कुराकानीमा युवा समाजसेवी डा. राईले विश्वमा रहनु हुने तमाम खोटाङ जिल्लाबासी दाजुभाई, दिदिबहिनीहरु समक्ष थप आफ्नो गृह जिल्ला खोटाङका लागि आत्याबश्यक स्वास्थ्या सामाग्री सहयोग गरिदिन हुन आग्रह समेत गरेका थिए। 

डा. राईले हिमालीसंचारसंग कुरा गर्दै कोरोना प्रभावित पालिकाहरुमा आवश्यक थप सहयोग गर्नका लागि जिल्लाका सरोकारवाल व्याक्तित्वहरु संग जुम मिटिङ मार्फत आवश्यक सहयोगका लागि थप परामर्श साथै समन्वय गरेर कोरोना परास्त गर्ने उदेश्ले प्रभावकारी परियोजना तर्जुमा गर्ने समेत बताए। 

खोटाङ सेवा समाज बेलायतले खोटाङ जिल्ला अस्पताललाई विगतमा एक थान अल्ट्रा साउण्ड मेसिन सहयोग गरेको थियो।  विस २०७३ सालमा ७ वटा एम्बुलेन्स समेत सहयोग गरिसकेको छ। 

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...