News Portal

राउटे युवतीमाथि यौन दुव्र्यवहार भएपछि राउटे बस्ति प्रवेशमा रोक

हिमालीसंचार संवाददाता
६८५ पटक

काठमाडौ – जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे समुदायको बस्ति शिल गर्दै अन्य सर्वसाधरण व्यक्ति प्रवेशमा रोक लगाएको छ। राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो सार्वजनिक भएपछि भिडभाड हुने अनुमान गरिएको हुनाले राउटे समुदायमा पुग्न नदिन राउटे बस्ति प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

पछिल्लो घटनापछि राउटे बस्तीमा चहलपहल बढ्ने र भिडियो त्यो समुदायसम्म पुग्न सक्ने भएपछि अनाधिकृत व्यक्तिहरुलाई राउटे बस्तीमा प्रवेश गर्न रोक लगाएको हो ।

उनका अनुसार बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाइएको छ । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय हाल सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदी किनारमा बस्दै आएका छन् । राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटना अन्य समुदायका नागरिकले राउटे बस्तीसम्म पुर्‍याउन सक्ने सम्भावना बढेपछि बस्ती प्रवेशमा रोक लगाएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाए पीडित युवतीलाई राउटे समुदायले नै अस्वीकार गर्ने र राउटे समुदाय भित्रै कडा सजाय दिन सक्ने प्रहरीको अनुमान छ । त्यसकारण सोमबार बिहानैदेखि राउटे बस्तीमा कसैलाई प्रवेश गर्न नदिइएको डीएसपी घर्तीले बताए । आइतबार राउटे मुखिया सूर्यनारायण शाहीले अन्य समुदायका नागरिक आएर आफ्ना जनतालाई दुःख दिन थालेको भन्दै सुरक्षा व्यवस्था गरिदिन माग गरेका थिए ।

केही दिनअघि मात्रै दैलेखको गुराँस गाउँपालिकाबाट लेकवेशी नगरापालिका हुँदै बसाइँ सरेर राउटे समुदाय गुर्भाकोट नगरपालिका–११ को आँपसोतीमा बसेका थिए । कर्णाली प्रदेश सरकारले राउटे समुदायमा कुनै संकट पर्न नदिन, पीडित किशोरीलाई काउन्सिलिङ गरी स्वास्थ्य उपचार गर्न मनाउनलगायत अन्य काममा सहजिकरण गर्नका लागि ४ सदस्यीय कार्यदल गठन गरेको छ । सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीका अनुसार एकरदुई दिनमै किशोरीको स्वास्थ्य परीक्षण हुनेछ ।

यसैबीच, राउटे किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै तीन युवकविरुद्ध आवाज संस्था सुर्खेतले किटानी जाहेरी दिएको छ । पीडितको पक्षबाट जाहेरी दिने कोही नभएपछि किटानी जाहेरी दिएको आवाज संस्थाको कार्यकारी निर्देशक पवित्रा शाहीले जानकारी दिइन् । घटनाको अनुसन्धानका क्रममा पीडित पक्ष चाहिने भएपछि आफूहरुले पीडित पक्षबाट उजूरी दिएको उनले बताइन् ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...