आज : २०२६-०७-०९, बिहीबार

अमेरिकी दूतावासबाहिर बम विस्फोट, के छ अवस्था ? (हेर्नुहाेस भिडियाेसहित)

काठमाडाैं ।

चीनको राजधानी बेइजिङस्थित अमेरिकी दूतावास बाहिर बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनाबारे विस्तृत विवरण नआए पनि अमेरिकी दूतावास रहेको क्षेत्र बाहिर विस्फोट भएको समाचार अन्तर्राष्ट्रिय मिडियाहरूले ब्रेक गरेका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था एपीले प्रत्यक्षदर्शीलाई उद्‍धृत गर्दै उक्त क्षेत्रमा विस्फोटको आवाज सुनिएको र ठूलो मात्रामा धुवाँको मुस्लो उडेको उल्लेख गरेको छ। प्रहरी तथा अमेरिकी दूतावासका अधिकारीले सूचना संकलन भइरहेकोले तत्काल केही भन्न नसकिने जनाएको एपीको समाचारमा उल्लेख छ।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएङ्को जनाएको छ। आफ्नो शरीरमा मट्टितेल छर्किन खोजेकी ती महिलालाई प्रहरीले आत्मदाह गर्न खोजेको शंकामा अमेरिकी दूतावासबाहिरबाट नियन्त्रणमा लिएको ट्विट गरेको छ।

 

घटनामा केही व्यक्ति घाइते भएको हुनसक्ने प्रत्यक्षदर्शीले बताएको पाकिस्तानको जिओ टिभीले जनाएको छ। चीनको युनटक्स अनलाइनले विस्फोट भएको भनिएको क्षेत्रको फोटो पोस्ट गरेको छ जहाँ धुवाँको मुस्लो उडेको देखिन्छ।

 

ट्विटरमा पोस्ट भएको एक भिडियोमा पनि धुवाँको मुस्लो देखिएको छ।

 

हङकङ प्रि प्रेसले घटनाको भिडियो पनि राखेको छ जहाँ मानिसहरू मुस्लो उडेको क्षेत्र नजिकै कराइरहेको र यताउता दौडिरहेकोजस्तो देखिन्छ।

हेर्नुहाेस भिडियाे