News Portal

क्विक रेस्यु टिम नेपालले रंगेली अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

हिमालीसंचार संवाददाता
३३९ पटक

रबिन्द्र बराल -कोरोना कहरको दोस्रो लहर सुरु भएसंगै क्विक रेस्यु टिम नेपालले रंगेली काेविट अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
पछिल्लो समयमा स्वास्थ्य संस्था आइसोलेसन ,संक्रमितहरुको घर मानिसहरुको चहपहल वढी हुने अन्य सार्वजनिक स्थानहरुमा सेनेटाइजर गर्ने अभियान समेत जारी राखेको छ ।
क्विक रेस्यु टिम नेपालले सेनिटाईजर माक्स, पिपि लगायत ७० हजार बराबरको सामग्री हस्तान्तरण गरेको छ । कोरोना रोकथाम नियन्त्रणमा सवैको पहल महत्वपुर्ण हुने तर्फ मध्यनजर गर्दै विभिन्न अभियान समेत सञ्चालन गर्दै आएको छ ।
पछिल्लो समयमा मोरगंको जहदा ,कटारी , धनपालथान , रंगेली लगायतका स्थानीय तहमा पुगेर अस्पतालहरुमा सेनेटाइजर गर्ने देखि मास्क ,सेनेटाइजर , पञ्जा लगायतका स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको टिमका अध्यक्ष विक्रम एक्तेनले जानकारी दिए ।
सो अभियानमा इसाई समाज प्रदेश नम्बर १ का उपाध्यक्ष विनोद मुर्मले महत्वपुर्ण सहयोग गरेको समेत अध्यक्ष एक्तेनले वताए । क्विक रेस्यु टिम नेपालले पुर्वी पहाडी क्षेत्रहरु समेत पुगेर सेनेटाइज गर्ने र संक्रमितहरुलाई स्वास्थ्य सामाग्री सानो अक्सिजन समेत उपलव्ध गराउदै आएको छ ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...