News Portal

मोरङसुनसरी समाजद्वारा १५ लाख बराबरको अक्सिजन सिलिन्डर सहयोग

हिमालीसंचार संवाददाता
५०६ पटक

रबिन्द्र बराल -मोरङ सुनसरी सेवा समाज नेपालले मोरङ र सुनसरी जिल्लाका विभिन्न पालिका तथा स्वास्थ्य संस्थाहरुलाई १५ लाख बराबरकाे ७८ थान अक्सिजन सिलिन्डर वितरण गरेको छ । सुन्दरहरैंचा ९, बिराटचोकमा एक कार्यक्रम काे आयोजना गरि सिलिण्डरहरु हस्तान्तरण गरिएको छ । विभिन्न सामाजिक सेवादेखि मातृभुमीमा आईपर्ने प्राकृतिक प्रकोप, महामारी जस्ता बिपत्तिमा स्थानिय निकायहरुसँग साझेदारी गर्दै सहयोगी भुमिका निर्वाह गर्दै आएको र बिदेशमा रहेका शाखाहरुको सहयोगमा सिलिन्डर सहयोग गरेको हो ।अस्ट्रेलिया, मोसुवासीहरु, मोसु कतार, मोसु युएई, मोसु साउदी अरब, मोसु बहराइन, मोसु कुवेत, मोसु माल्टा, मोसु ओमान , मोसु जापान, यूके, यूरोप, दक्षिण कोरिया, तथा अमेरिकामा रहेका युवा हरु काे सहयोगमा माेरङका स्थानीय तह हरु लाई काेराेना भाईरस बाट अक्सिजन नपाएको अवस्था केही मात्रामा सहयोग हाेस भनेर बिदेमा रहेका युवा हरु काे सक्रियता सिलिन्डर बितरण गरिएको छ ।

मोरङ सुनसरी सेवा समाज नेपालका अध्यक्ष लोक बहादुर तामाङ, मोरङ सुनसरी सेवा समाज नेपालका पुर्व अध्यक्ष तथा सल्लाहकारहरु गोकुलबहादुर थापा, मिलन खत्री, रमनाथ भण्डारी, बद्री बमली, कतारका संस्थापक चानक पोख्रेल लगायतले अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका थिए । उक्त सिलिन्डर मोरङको सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, लेटाङ नगरपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिका, रंगेली नगरपालिका, रतुवामाइ नगरपालिका, कानेपोखरी गाउँपालिका र सुनसरीको इटहरी उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका र धरानस्थित एक उपस्वास्थ्य चौकी लाई हस्तान्तरण गरेको हाे । यसअघि पहिलो चरणमा मोरङको केराबारी र सुनसरीको रामधुनी नगरपालिकालाई अक्सिजन सिलिन्डर वितरण गरिसकिएको थियोे । सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल, बेलबारी उपमेयर ढाकाकुमारी पराजुली, उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुरारी प्रसाद घिमिरे, रंगेली नगरपालीकाका प्रशाशकीय अधिकृत कृष्ण भट्टराई, लगायतको उपस्थितिमा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...