News Portal

मोरङसुनसरी समाजद्वारा १५ लाख बराबरको अक्सिजन सिलिन्डर सहयोग

हिमालीसंचार संवाददाता
४८४ पटक

रबिन्द्र बराल -मोरङ सुनसरी सेवा समाज नेपालले मोरङ र सुनसरी जिल्लाका विभिन्न पालिका तथा स्वास्थ्य संस्थाहरुलाई १५ लाख बराबरकाे ७८ थान अक्सिजन सिलिन्डर वितरण गरेको छ । सुन्दरहरैंचा ९, बिराटचोकमा एक कार्यक्रम काे आयोजना गरि सिलिण्डरहरु हस्तान्तरण गरिएको छ । विभिन्न सामाजिक सेवादेखि मातृभुमीमा आईपर्ने प्राकृतिक प्रकोप, महामारी जस्ता बिपत्तिमा स्थानिय निकायहरुसँग साझेदारी गर्दै सहयोगी भुमिका निर्वाह गर्दै आएको र बिदेशमा रहेका शाखाहरुको सहयोगमा सिलिन्डर सहयोग गरेको हो ।अस्ट्रेलिया, मोसुवासीहरु, मोसु कतार, मोसु युएई, मोसु साउदी अरब, मोसु बहराइन, मोसु कुवेत, मोसु माल्टा, मोसु ओमान , मोसु जापान, यूके, यूरोप, दक्षिण कोरिया, तथा अमेरिकामा रहेका युवा हरु काे सहयोगमा माेरङका स्थानीय तह हरु लाई काेराेना भाईरस बाट अक्सिजन नपाएको अवस्था केही मात्रामा सहयोग हाेस भनेर बिदेमा रहेका युवा हरु काे सक्रियता सिलिन्डर बितरण गरिएको छ ।

मोरङ सुनसरी सेवा समाज नेपालका अध्यक्ष लोक बहादुर तामाङ, मोरङ सुनसरी सेवा समाज नेपालका पुर्व अध्यक्ष तथा सल्लाहकारहरु गोकुलबहादुर थापा, मिलन खत्री, रमनाथ भण्डारी, बद्री बमली, कतारका संस्थापक चानक पोख्रेल लगायतले अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका थिए । उक्त सिलिन्डर मोरङको सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, लेटाङ नगरपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिका, रंगेली नगरपालिका, रतुवामाइ नगरपालिका, कानेपोखरी गाउँपालिका र सुनसरीको इटहरी उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका र धरानस्थित एक उपस्वास्थ्य चौकी लाई हस्तान्तरण गरेको हाे । यसअघि पहिलो चरणमा मोरङको केराबारी र सुनसरीको रामधुनी नगरपालिकालाई अक्सिजन सिलिन्डर वितरण गरिसकिएको थियोे । सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल, बेलबारी उपमेयर ढाकाकुमारी पराजुली, उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुरारी प्रसाद घिमिरे, रंगेली नगरपालीकाका प्रशाशकीय अधिकृत कृष्ण भट्टराई, लगायतको उपस्थितिमा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...