News Portal

प्रधानमन्त्रीलाई गगनको प्रश्न : बुढीगण्डकी गेजुवालाई दिन किन मरिहत्ते ?

हिमाली संचार संवाददाता
६६३ पटक

काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले बुढीगण्डकी जलविद्युत आयोजना चाइना गेजुवा ग्रुप अफ कम्पनीलाई दिन किन मरिहत्ते गरेको भनी सरकारलाई प्रश्न गरेका छन् ।

बुधबारको संसदमा बैठकको विशेष समयमा उनले प्रतिस्पर्धा गराएर योग्य कम्पनी छनोट गर्नुपर्नेमा किन गेजुवालाई नै दिन मरिहत्ते गरेको भनी प्रश्न गरेका हुन् ।

‘प्रश्न यहाँ चिनियाँ सरकारको लगानी होइन प्रश्न चिनियाँ कम्पनीको होइन, कसैले झुक्याउने प्रयास नगरोस्, ऋण चीनसँगै लिए हुँन, आयोजना चिनियाँ कम्पनीलाई नै दिए हुन्छ प्रतिस्पर्धामा छनोट हुन्छ भने’ उनले भने ‘प्रश्न प्रतिस्पर्धा किन नगराएको भन्ने हो ? प्रश्न, आफै ऋण लिन सक्ने हुँदाहुँदै सरकारले निरिहता प्रस्तुत गरेर ऋण तिमी नै ल्याइदेऊ भनेर त्यो मोडालिटीमा सम्झौता किन गरेको भन्ने हो । त्यो भन्दा पनि ठूलो प्रश्न यही कम्पनीलाई दिन यत्रो मरिहत्ते किन भन्ने हो ।’

बुढीगण्डकी आयोजना गेजुवालाई दिन केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्रीबाट राजीनामा दिएपछि बालुवाटारबाट निर्देशन दिएको र प्रचण्ड सरकारले सम्झौता नै गरेको थापाले बताए ।

बुढीगण्डकी आयोजना निर्माणका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराएको भए तामाकोशी आयोजना जत्तिकै क्षमताको आयोजना बन्ने रकम बच्ने पनि सांसद थापाले बताए ।

‘खुला अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराएको भए हाम्रै अनुभवको आधारमा पनि १८ प्रतिशतसम्म लागत घट्थ्यो । अर्थात् एउटा तामाकोशी बनाउने पैसा बचत हुन्थ्यो । एउटा तामाकोशी कसले खान लाग्यो ?’ उनले प्रश्न गरे ।

सरकारले दशैंको बेला संसद बन्द हुने बेलामा र प्रधानमन्त्री न्युयोर्क जाने बेलामा चोर बाटोबाट चिनियाँ कम्पनीलाई नै जिम्मा दिएको भन्दै थापाले विरोध जनाए ।

विगतमा सरकारले बुढीगण्डकी गेजुवलाई दिएर गल्ती गर्दा संसदीय समितिले रोकेको भन्दै थापाले  सरकारले संसदलाई समेत हेपेको बताए । संसदले उक्त सम्झौता खारेज गर्न निर्देशन दिँदा र अहिलेको अवस्थामा कुनै परिवर्तन नभएको भन्दै उनले सरकारको गल्ती फेरि संसदले सच्याउनुपर्ने धारणा राखे ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...