News Portal

इजरायलका तेह्रथुमे युवाद्वारा तेह्रथुम अस्पताललाई १ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान

हिमालीसंचार संवाददाता
४७५ पटक

काठमाडौँ – इजरायलमा रहनु भएका तेह्रथुमेहरुले जिल्ला अस्पताल तेह्रथुमलाई एक लाख बराबरको बिभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेका छन्। बैदेशिक रोजगारीको लागि इजरायलमा रहनु भएका समाजसेवी देब बास्कोटाको अगुवाईमा तेह्रथुममा जन्मीएर इजरायलमा रहनु भएका १२ जना तेह्रथुमेहरु देव बास्कोटा, प्रबिन आङबुङ/कमला सेनेहाङ, लता आङबुङ, तुलसा सुब्बा तुम्बाहाङ्फे, दुर्गा चोङबाङ, प्रतीमा आङबुङ लिम्बु ,जीवन बुढाथोकि जेम्स सेनेहाङ, गिता तुम्बाहाङ्फे नयन इम्सोङले १ लाख रुपैँया रकम संकलन गरेर आधादर्जन बढी सामाग्री हस्तान्तरण गर्नु भएको हो।

जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल बिकास समितिका अध्यक्ष शिव प्रशाद ढुंगानाले सामाग्री बुझ्दै इजराईलमा रहनु भएका तेह्रथुमे युवाहरुलाई काेराेना महामारीकाे अबस्थामा सहयाेग गर्नु भएकाेमा धन्यबाद दिनु भएको छ।

इजराईलबाट देब बास्कोटाको पहलमा अन्य युवाहरुसंग रकम संलन गरेर पिपिई सेट ६ सेट, पल्स अक्सीमिटर १० सेट, अक्सीजन माक्स १० सेट, फेस सिल्ड ५० सेट, स्क्रप केमिकल ५ जार, अक्सीजन रेगुलेटर ५ पिस, सेनिटाईजर १५ लिटर माक्स २ सय ५० पिस गरि १ लाख रुपैयाकाे स्वास्थ्य सामाग्री अस्पतालले बुझेको अस्पतालका डाक्टर अनुपम घिमिरेले बताउनु भयो।

कोरोना महामारीको समयमा जिल्ला अस्पताल तेह्रथुमलाई इजरायलमा रहनु भएका तेह्रथुमेहरुले पहिलो पटक सहयोग गरेको भन्दै अस्पतालका डाक्टर घिमिरेले सहयोगी दाताहरुलाई धन्यबाद दिनु भएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...