News Portal

  • इजरायलका तेह्रथुमे युवाद्वारा तेह्रथुम अस्पताललाई १ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान

    हिमालीसंचार संवाददाता
    ४२० पटक

    काठमाडौँ – इजरायलमा रहनु भएका तेह्रथुमेहरुले जिल्ला अस्पताल तेह्रथुमलाई एक लाख बराबरको बिभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेका छन्। बैदेशिक रोजगारीको लागि इजरायलमा रहनु भएका समाजसेवी देब बास्कोटाको अगुवाईमा तेह्रथुममा जन्मीएर इजरायलमा रहनु भएका १२ जना तेह्रथुमेहरु देव बास्कोटा, प्रबिन आङबुङ/कमला सेनेहाङ, लता आङबुङ, तुलसा सुब्बा तुम्बाहाङ्फे, दुर्गा चोङबाङ, प्रतीमा आङबुङ लिम्बु ,जीवन बुढाथोकि जेम्स सेनेहाङ, गिता तुम्बाहाङ्फे नयन इम्सोङले १ लाख रुपैँया रकम संकलन गरेर आधादर्जन बढी सामाग्री हस्तान्तरण गर्नु भएको हो।

    जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल बिकास समितिका अध्यक्ष शिव प्रशाद ढुंगानाले सामाग्री बुझ्दै इजराईलमा रहनु भएका तेह्रथुमे युवाहरुलाई काेराेना महामारीकाे अबस्थामा सहयाेग गर्नु भएकाेमा धन्यबाद दिनु भएको छ।

    इजराईलबाट देब बास्कोटाको पहलमा अन्य युवाहरुसंग रकम संलन गरेर पिपिई सेट ६ सेट, पल्स अक्सीमिटर १० सेट, अक्सीजन माक्स १० सेट, फेस सिल्ड ५० सेट, स्क्रप केमिकल ५ जार, अक्सीजन रेगुलेटर ५ पिस, सेनिटाईजर १५ लिटर माक्स २ सय ५० पिस गरि १ लाख रुपैयाकाे स्वास्थ्य सामाग्री अस्पतालले बुझेको अस्पतालका डाक्टर अनुपम घिमिरेले बताउनु भयो।

    कोरोना महामारीको समयमा जिल्ला अस्पताल तेह्रथुमलाई इजरायलमा रहनु भएका तेह्रथुमेहरुले पहिलो पटक सहयोग गरेको भन्दै अस्पतालका डाक्टर घिमिरेले सहयोगी दाताहरुलाई धन्यबाद दिनु भएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १७ गतेको राशिफल

    आज कार्तिक १७, २०८२ (नोभेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...

    धादिङ: पशुपतिनाथ–शन्तानेश्वर मन्दिर ठोट्ने पानी निर्माणको सहयोगी दाताहरु

    गंङ्गा–जमुना, धादिङ– श्री पशुपतिनाथ तथा शन्तानेश्वर महादेव मन्दिर परिसरमा “ठोट्ने पानी” निर्माण कार्यका लागि विभिन्न...

    नेपाल खेलकुद महासंघ समाजवादीद्वारा वाम एकता निर्णयप्रति स्वागत

    काठमाडौं, — नेपाल खेलकुद महासंघ समाजवादीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तेस्रो पूर्ण बैठकले गरेको...

    स्थानीयको माग पूरा गर्ने आश्वासनपछि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति

    काठमाडौं, कार्तिक १६ – नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीय बासिन्दाले...