News Portal

प्रदेश ७ को नाम सुदूरपश्चिम राख्न सिफारिस

हिमाली संचार संवाददाता
७८३ पटक

धनगढी – प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ राख्न सिफारिस गरिएको छ । नाम र राजधानी तोक्न गठित विशेष समितिले नाम सुदूरपश्चिम राख्ने सिफारिससहित प्रतिवेदन प्रदेशसभा बैठकमा पेश गरेको हो ।

समितिले नाम सुदूरपश्चिम राख्ने भनी बहुमतले निर्णय गरेको हो । यसअघिको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा रहेका जिल्लाहरु नै हाल प्रदेश ७ मा रहेका छन् । यसैगरी, कैलालीको अत्तरिया क्षेत्र पर्ने गोदावरी नगरपालिका ४ लाई राजधानी तोक्ने सिफारिस पनि समितिले गरेको छ ।

प्रदेशसभा ७ ले प्रदेशको नाम र राजधानी तोक्न नेकपाका सांसद तारा तामाङ लामाको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरेको थियो ।

समितिले नेपाली सेनाको ब्यारेक पनि प्रदेश राजधानी गोदावरी नगरपालिका ४ तेघरी वरपर नै राख्न सिफारिस गरेको छ ।

प्रदेशसभाले समितिको प्रतिवेदन बुझे पनि मंगलबारको बैठकमा त्यस विषयमा थप छलफल र निर्णय भएको छैन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...