News Portal

  • एनआरएनए युएईद्वारा ८० जनालाई राहत वितरण

    राम प्रसाद ढुंगेल
    १०९१ पटक

    युएई – एनआरएनए युएईले अबुधाबीको मफरकमा रहेकोे एक कम्पनीमा कार्यरत ८० जना नेपाली कामदारलाई खाद्यान्न राहत वितरण गरेको छ। विगत २ महिनादेखि एक रिक्रुटमेण्ट कम्पनीले काम दिलाउन नसकेपछि समस्यामा परेका ८० नेपाली युवाहरु सहयोगको अपेक्षा गर्दै नेपाली दूतावास अबुधाबी पुगेपछि एनआरएनए युएईले आन्तरिक श्रोत जुटाएर ८० जनालाई कम्तीमा १५ दिनलाई खान पुग्ने चामल, दाल, तेल, प्याजलगायतका खाद्यान्न वितरण गरेको एनआरएनए युएईका कार्यवाहक अध्यक्ष निरन्जन सिलवालले जानकारी दिएका छन्।

    अध्यक्ष सिलवालका अनुसार नेपाली रुपैयाँ करिब १ लाख ३० हजार बराबरको खाद्यान्न उपलब्ध गराइएको हो। १५ महिना अगाडि युएई आएका उनीहरू विगत २ महिनादेखि कामविहीन बस्नुपरेकोले तलब पनि नपाएकोले सहयोगको याचना गर्दै नेपाली दूतावास पुगेका थिए। नेपाली दूतावास अबुधाबीको समन्वयमा एनआरएनए युएईले राहत वितरण गरेको हो।

    दूतावासमार्फत सूचना आएलगत्तै एनआरएनए युएईको एक टोलीले जेठ ७ गते राती ११ बजे वितरण गरिएको एनआरएनए युएईका केन्द्रीय सदस्य सुमन पराजुलीले बताएका छन्। राहत पाएपछि पीडित नेपाली युवाहरुले एनआरएनको नाम सुने पनि यो संस्थाले सामान्य तहका नेपालीहरुको दु:खमा साथ दिने रहेछ भन्ने प्रत्यक्ष अनुभव गरेको प्रतिक्रिया दिएका छन्। छोटो समयमा धेरै मात्रामा राहत व्यवस्थापन गर्न निकै मिहिनेत गर्नुपरेको एनआरएनए युएईका सह-कोषाध्यक्ष फडिन्द्र ढकालले बताएका छन्।

    युएईमा काम गर्ने सिलसिलामा श्रम सम्बन्धि कुनै पनि समस्या उत्पन्न भएमा समाधानको लागि एनआरएनए युएईको सम्पर्कमा आउन एनआरएनए युएईका भोलेन्टियर संयोजक प्रवीण पोखरेलले आग्रह गरेका छन्। विश्वमा ८२ भन्दा बढी देशहरुमा संजाल भएको एनआरएनएको युएई शाखा मजदुरमैत्री काम गर्नमा मध्यपूर्वमा अग्रपंक्तिमा रहेको छ।

    एनआरएनए युएईले युएईका मुख्य शहरहरुमा एकएक जना प्रतिनिधी तोकेर समस्यामा परेका नेपालीहरुको सहयोग गर्ने व्यवस्थापन गरेको भोलेण्टियर संयोजक पोखरेलले बताएका छन्। उनका अनुसार अबुधाबीमा फडिन्द्र ढकाल, दुबईमा मदन अधिकारी, सारजामा विरेन्द्र नकर्मी, अजमानमा राजन खतिवडा, राकमा टिएन शर्मा, फुजेरामा सुजन सापकोटा र अलेनमा राजन अधिकारी रहेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...

    किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

    काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै...

    एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

    काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो...

    माओवादी केन्द्र फेरि विभाजित, जनार्दन शर्मा समूह अलगियो

    काठमाडौँ, कार्तिक १९ – माओवादी केन्द्रभित्र फेरि गम्भीर विभाजन भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग...

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...