News Portal

कोरोनाबाट झापामा वडाध्यक्षसहित ४ जनाको मृत्यु 

हिमालीसंचार संवाददाता
५४२ पटक

झापा – पछिल्लो २४ घन्टामा झापा जिल्लामा ४ जनाको कोरोना संक्रमणका कारण  ज्यान गएको छ। ज्यान गुमाउनेमा मेचीनगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

बिर्तासिटी अस्पताल  बिर्तामोडमा  उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिएका छन्। कोरोना संक्रमण भएपछि विगत ११ दिनदेखि उनी अस्पतालमा उपचाररत थिए।

स्वास्थ्यमा समस्या देखिएपछि बैशाख  २८ गते गरिएको स्वाब परीक्षणमा  उनलाइ कोरोना संक्रमण पुष्टि भएको थियो। मृतक मेचे कांग्रेसको भातृ संगठन आदिबासी जनजाति संघ झापाका जिल्ला अध्यक्ष हुन्।

त्यस्तै, शनिबार बिहान हल्दिबारी–१ का २९ वर्षिय एक पुरुषको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिएका छ्न।

त्यस्तै बुद्धशान्ति गाउँपालिका वडा नं ४ का ६२ वर्षिय पुरुषको गएराति बिर्तासिटी अस्पतालमै मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले बताए। गौरादह नगरपालिका वडा न ४ खाङ्टाका ३० वर्षीय पुरुषको कोशी कोभिड अस्पतालमा शनिबार बिहान  मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...