News Portal

प्यूठानबाट सडक डिभिजनको कार्यालय हटाईदै

हिमालीसंचार संवाददाता
४०० पटक

केशरराज क्षेत्री
बुटवल – मन्त्रिपरिषद्‍ बैठकले सडक डिभिजन प्यूठानको कार्यालयलाई हटाउने निर्णय गरेको छ। सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवप्रसाद नेपालले आर्थिक वर्ष २०७८/०७९ देखि लागुहुने गरी प्यूठानको डिभिजन हटाउने निर्णय भएको जानकारी दिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा सामान्य प्रशासन मन्त्रालयले गरेको संगठन व्यवस्थापन सर्भेको आधारमा प्यूठानका लागि सडक डिभिजन कार्यालय आवश्यक नरहेको पाइएकाले हटाउने निर्णय भएको उनले बताए।

‘संघ अन्तर्गत ३३ वटा डिभिजन कार्यालय छन्’, नेपालले भने, ‘प्यूठानसहित ललितपुर डिभिजन र सिन्धुलीको खुर्कोट डिभिजन त्यहाँबाट हटाउने निर्णय भएको छ।’ हटाइएका जिल्लाहरुलाई नजिकका डिभिजन कार्यालयले हेर्ने उनले जानकारी गराए। डिभिजन कार्यालय नजिक भएकाले हटाउनु परेको उनको भनाइ छ। प्यूठानबाट नजिकको सडक डिभिजन दाङ हो।

कार्यालय हटाउने विषयमा लिखित रुपमा कुनै जानकारी नआएको सडक डिभिजन प्यूठानका डिभिजन प्रमुख विनोदप्रसाद सापकोटाले जानकारी दिए। ‘मौखिक रुपमा हटाउने जानकारी पाएको छु’,उनले भने,‘तर लिखित रुपमा कार्यालयलाई कुनै जानकारी छैन्।’

जिल्लाका महत्वपूर्ण रणनीतिक सडकका योजना डिभिजन मार्फत हुँदै आएका छन्। सडक बोर्डबाहेक डिभिजनबाट वार्षिक ३२ करोडका योजना संचालन हुने गरेको डिभिजन प्रमुख सापकोटाले जानकारी गराए।

प्यूठानको भौतिक पूर्वाधार विकास निर्माणसँग महत्वपूर्ण मानिएको उक्त कार्यालय अन्यत्र जिल्ला लैजाने निर्णयले निराश बनाएको जिल्लाबासीले गुनासो गरेका छन्। यसअघि रोल्पा, पूर्वी रुकुम हेर्ने गरी प्यूठानमा रहेको प्रदेश मातहतको सडक पूर्वाधार विकास कार्यालय पनि हटाएर रोल्पा लगिएको छ।

प्यूठानको बाटोहुँदै संचालन हुने भनिएका मदन भण्डारी राजमार्गको रुट भर्खरै तय भएको छ। यसको कार्यान्वयनले तिव्रता पाएको छैन्। बाग्दुला–भिमगिठे सडकको यस अघि भएको टेन्डर रद्द भएपछि त्यसको थप प्रक्रिया अघि बढेको छैन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...