News Portal

नेपाल तरुण दल सुनसरीले आर्थिक अवस्था कमजाेर व्यक्तिलाई निःशुल्क खाद्यान्न वितरण

हिमालीसंचार संवाददाता
५२९ पटक

सुनसरी- नेपाल तरुण दल सुनसरीले जारी निषेधाज्ञाबाट आक्रान्त कमजोर आर्थिक अवस्था भएका वर्गलाई निःशुल्क खाद्यान्न वितरण गर्न थालेको छ । केही समय अगाडी जिल्लाका विभिन्न स्थानहरुमा निःशुल्क मास्क, सेनिटाइजर, ग्लोब्सहरु वितरण गर्दै कोभिड–१९ सचेतना फैलाएको तरुण दल सुनसरीले लगातारको निषेधाज्ञाले श्रमिक वर्ग र विपिन्न वर्गलाई हातमुख जोर्ने समस्या देखिन थालेको भन्दै निःशुल्क खाद्यान्न वितरणको अभियान थालेको हो ।

नेपाल तरुण दल सुनसरी सभापति सिजन गुरुङले जिल्लामा रहेका अतिविपन्न तथा श्रमिक वर्गलाई खाद्यान्न संकट पर्न नदिन खाद्यान्न राहत वितरणको अभियान थालिएको बताए । विगतमा श्रमिक, विपन्न वर्गको घरघर र समुदाय स्तरमै गएर राहत वितरण गरिएपनि सुनसरीमा कडा रुपमा निषेधाज्ञा लागू भएकाले खुल्ला रुपमा राहत वितरण गर्न नसकिएपनि आवश्यक परेकालाई घरमै खाद्यान्न पुर्याउने व्यवस्था गरिएको छ ।

‘निषेधाज्ञाले धेरै जनाको भिड बनाएर हिँड्न मिल्दैन, फेरी योपल्टको भेरियन्ट गत वर्षको भन्दा कडा देखिएकोले जजसलाई खाद्यान्न्न आवश्यक हुन्छ उहाँहरुलाई घरसम्मै पुर्याउने व्यवस्थापन गरेका छौं ।’ गुरुङले भने । सभापति सिजन गुरुङले आफ्नो घर छेउछाउका विपन्न र खाद्यान्न अभाव हुनेलाई सामाजिक दुरी कायम गरी घरैबाट खाद्यान्न वितरण गरीरहेका छन् भने टाढाटाढा रहेकालाई घरसम्मै पुर्याउने व्यवस्थापन गरिएको छ ।

यसका लागि तरुण दलले फोन सम्पर्कको व्यवस्थापन गरेको छ । जिल्लामा कुनैपनि नागरिकलाई खाद्यान्न अभाव भए ९८०३३४०९५९ मा सम्पर्क गर्न सक्छन् । तरुण दलले तत्कालको लागि चामल, नुन, आलु तथा साइनेक्स वितरण गरेको छ । निषेधाज्ञा लामो समयसम्म जानसक्ने परिस्थिति बन्दै गएको भन्दै त्यसले दैनिक ज्यालादारी र श्रमिक वर्गलाई संकट आइलाग्ने अनुमान गरिएको छ । गतवर्षको लकडाउनमा विभिन्न राजनीतिक दलहरुले देशब्यापी राहत वितरणको अभियान चलाएपनि यो पल्ट कतैबाट श्रमिक वर्गमा पर्न सक्ने खाद्यान्न संकट अनुमान गरिएको छैन ।

गत वर्ष सरकारले जारी गरेको लकडाउनमा विपन्न, कमजोर आर्थिक अवस्था भएका नागरिकलाई खाद्यान्न राहत सामग्री वितरण गरेर उदाहरणीय कार्य गरेको नेपाल तरुण दल सुनसरीले कोरोनाको दोश्रो भेरियन्टमा गाउँगाउँ गएर निःशुल्क स्वास्थ्य सामग्री वितरण गरेको थियो । तरुण दल सुनसरीले जिल्लामा तथा जिल्ला बाहिर समेत कुनैपनि विपत्ति, प्राकृतिक संकटमा तदारकताका साथ आफ्ना तरुणहरुलाई जुटाएर सामाजिक काम गर्ने गरेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...