News Portal

नेपाल तरुण दल सुनसरीले आर्थिक अवस्था कमजाेर व्यक्तिलाई निःशुल्क खाद्यान्न वितरण

हिमालीसंचार संवाददाता
५६० पटक

सुनसरी- नेपाल तरुण दल सुनसरीले जारी निषेधाज्ञाबाट आक्रान्त कमजोर आर्थिक अवस्था भएका वर्गलाई निःशुल्क खाद्यान्न वितरण गर्न थालेको छ । केही समय अगाडी जिल्लाका विभिन्न स्थानहरुमा निःशुल्क मास्क, सेनिटाइजर, ग्लोब्सहरु वितरण गर्दै कोभिड–१९ सचेतना फैलाएको तरुण दल सुनसरीले लगातारको निषेधाज्ञाले श्रमिक वर्ग र विपिन्न वर्गलाई हातमुख जोर्ने समस्या देखिन थालेको भन्दै निःशुल्क खाद्यान्न वितरणको अभियान थालेको हो ।

नेपाल तरुण दल सुनसरी सभापति सिजन गुरुङले जिल्लामा रहेका अतिविपन्न तथा श्रमिक वर्गलाई खाद्यान्न संकट पर्न नदिन खाद्यान्न राहत वितरणको अभियान थालिएको बताए । विगतमा श्रमिक, विपन्न वर्गको घरघर र समुदाय स्तरमै गएर राहत वितरण गरिएपनि सुनसरीमा कडा रुपमा निषेधाज्ञा लागू भएकाले खुल्ला रुपमा राहत वितरण गर्न नसकिएपनि आवश्यक परेकालाई घरमै खाद्यान्न पुर्याउने व्यवस्था गरिएको छ ।

‘निषेधाज्ञाले धेरै जनाको भिड बनाएर हिँड्न मिल्दैन, फेरी योपल्टको भेरियन्ट गत वर्षको भन्दा कडा देखिएकोले जजसलाई खाद्यान्न्न आवश्यक हुन्छ उहाँहरुलाई घरसम्मै पुर्याउने व्यवस्थापन गरेका छौं ।’ गुरुङले भने । सभापति सिजन गुरुङले आफ्नो घर छेउछाउका विपन्न र खाद्यान्न अभाव हुनेलाई सामाजिक दुरी कायम गरी घरैबाट खाद्यान्न वितरण गरीरहेका छन् भने टाढाटाढा रहेकालाई घरसम्मै पुर्याउने व्यवस्थापन गरिएको छ ।

यसका लागि तरुण दलले फोन सम्पर्कको व्यवस्थापन गरेको छ । जिल्लामा कुनैपनि नागरिकलाई खाद्यान्न अभाव भए ९८०३३४०९५९ मा सम्पर्क गर्न सक्छन् । तरुण दलले तत्कालको लागि चामल, नुन, आलु तथा साइनेक्स वितरण गरेको छ । निषेधाज्ञा लामो समयसम्म जानसक्ने परिस्थिति बन्दै गएको भन्दै त्यसले दैनिक ज्यालादारी र श्रमिक वर्गलाई संकट आइलाग्ने अनुमान गरिएको छ । गतवर्षको लकडाउनमा विभिन्न राजनीतिक दलहरुले देशब्यापी राहत वितरणको अभियान चलाएपनि यो पल्ट कतैबाट श्रमिक वर्गमा पर्न सक्ने खाद्यान्न संकट अनुमान गरिएको छैन ।

गत वर्ष सरकारले जारी गरेको लकडाउनमा विपन्न, कमजोर आर्थिक अवस्था भएका नागरिकलाई खाद्यान्न राहत सामग्री वितरण गरेर उदाहरणीय कार्य गरेको नेपाल तरुण दल सुनसरीले कोरोनाको दोश्रो भेरियन्टमा गाउँगाउँ गएर निःशुल्क स्वास्थ्य सामग्री वितरण गरेको थियो । तरुण दल सुनसरीले जिल्लामा तथा जिल्ला बाहिर समेत कुनैपनि विपत्ति, प्राकृतिक संकटमा तदारकताका साथ आफ्ना तरुणहरुलाई जुटाएर सामाजिक काम गर्ने गरेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...