News Portal

जाजरकोटको दमदालामा पुरै गाऊँ ज्वरो र रुघाखोकीले प्रभावित

हिमालीसंचार संवाददाता
५३१ पटक

राजेन्द्र कार्की
जाजरकोट – जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ५ दमदालामा अधिकांश मानिस बिरामी परेका छन्। ज्वरो आउने, रुघाखोकी, छाती दुख्नेलगायतका लक्षणसहित स्थानीय थला परेका हुन्।

गाउँभरी ज्वरो र रुघाखोकीका बिरामी लखतरान परेको स्थानीय कमल थापाले बताए। दमदालामा मात्र ८० घरधुरी छन्। उनले भने, ‘ पुरै गाँउ ज्वरो, रुघाखोकीले थला परेको छ। कहाँ छ स्थानीय सरकार। खोइ कोभिड–१९ चेक, खोइ उपचारमा सहयोग।’ कोरोनाको जस्तै लक्षण देखिएकाले स्थानीय त्रसित रहेको उनको भनाइ छ।

सामान्य ज्वरो, रुघाखोकी र टाउको नदुख्ने समस्या नभएको कोही छैन। बच्चा देखि वृद्धवृद्धा सबै प्रभावित भएको थापाले बताए। उनले स्थानीय सरकारले उपचारमा सहयोग नगरेको गुनासो गरे।

घरघरै बिरामी छन्। बिरामी नहुने घरै छैन। सबै थला परेका छन् अर्का स्थानीय निर्मला थापाले बताइन्। उता गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले आइतबार मात्र किट आइपुगेकाले स्वास्थ्यकर्मी सहितको टोली परीक्षण तथा उपचारका लागि सोमबार त्यहाँ जाने बताए।

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले दमदालामा गाउँभरी ज्वरो र रुघाखोकीले थला परेको भन्ने सूचना आएको बताउँदै कोरोना हो कि अन्य भाइरल रोग हो छिटै पहिचान गर्ने व्यवस्था मिलाइने बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...