News Portal

जाजरकोटको दमदालामा पुरै गाऊँ ज्वरो र रुघाखोकीले प्रभावित

हिमालीसंचार संवाददाता
५६७ पटक

राजेन्द्र कार्की
जाजरकोट – जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ५ दमदालामा अधिकांश मानिस बिरामी परेका छन्। ज्वरो आउने, रुघाखोकी, छाती दुख्नेलगायतका लक्षणसहित स्थानीय थला परेका हुन्।

गाउँभरी ज्वरो र रुघाखोकीका बिरामी लखतरान परेको स्थानीय कमल थापाले बताए। दमदालामा मात्र ८० घरधुरी छन्। उनले भने, ‘ पुरै गाँउ ज्वरो, रुघाखोकीले थला परेको छ। कहाँ छ स्थानीय सरकार। खोइ कोभिड–१९ चेक, खोइ उपचारमा सहयोग।’ कोरोनाको जस्तै लक्षण देखिएकाले स्थानीय त्रसित रहेको उनको भनाइ छ।

सामान्य ज्वरो, रुघाखोकी र टाउको नदुख्ने समस्या नभएको कोही छैन। बच्चा देखि वृद्धवृद्धा सबै प्रभावित भएको थापाले बताए। उनले स्थानीय सरकारले उपचारमा सहयोग नगरेको गुनासो गरे।

घरघरै बिरामी छन्। बिरामी नहुने घरै छैन। सबै थला परेका छन् अर्का स्थानीय निर्मला थापाले बताइन्। उता गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले आइतबार मात्र किट आइपुगेकाले स्वास्थ्यकर्मी सहितको टोली परीक्षण तथा उपचारका लागि सोमबार त्यहाँ जाने बताए।

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले दमदालामा गाउँभरी ज्वरो र रुघाखोकीले थला परेको भन्ने सूचना आएको बताउँदै कोरोना हो कि अन्य भाइरल रोग हो छिटै पहिचान गर्ने व्यवस्था मिलाइने बताए।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...