News Portal

कांग्रेसलाई टोकाउन खोज्दा योगेशलाई आफ्नै पार्टीको अरिंगालले टोकेपछी..

हिमाली संचार संवाददाता
१००३ पटक

काठमाडौं – केही दिनअघि एउटा कार्यक्रममा कांग्रेसका प्रवक्ता विश्वप्रका शर्मामाथि लक्षित गर्दै नेकपाका युवा नेता योगेश भट्टराईले भनेका थिए – कांग्रेसलाई अरिङ्गालले टोके औषधी हुन्छ ।

कार्यक्रममा उनलाई आफूलाई ‘ठूलो अरिङ्गाल’ देखाउन खोजेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तालाई अरिङ्गाल बन्न निर्देशन दिएपछि भट्टराईले अरिङ्गालको प्रसंग निकालेका थिए ।

प्रधानमन्त्री ओलीप्रति बफादार भएर बचाउमा लागेका नेता भट्टराई अहिले जिल्ल परेका छन् । उनलाई संसदको संसदीय सुनुवाई विशेष समितिको सभापति बनाउने चर्चा चर्चामै सीमित भएको छ ।

संसदीय सुनुवाई विशेष समितिमा ज्येष्ठ सदस्यको भूमिका निभाइरहेका लक्ष्मणलाल कर्ण नै सभापति भएका छन् । उनी निर्विरोध सभापति चयन भए । संसदीय सुनुवाई विशेष समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले कर्णलाई सभापतिमा निर्विरोध चयन गरेको हो ।

सभापतिमा राजपाबाट सांसद रहेका कर्णको मात्र उम्मेदवारी पर्यो । उनको मात्रै एकल उम्मेदवारी परेपछि निर्विरोध सभापति भए । यसअघि सभापति चयन नहुँदा ज्येष्ठ सदस्यको हैसियतले कर्णले नै बैठकको अध्यक्षता गर्दै आएका थिए ।

उनले अध्यक्षता गर्दा प्रधानन्यायाधीशमा दिपकराज जोशी अस्वीकृत भए भने ओमप्रकाश मिश्र स्वीकृत भए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त समेत उनी सभापति बन्नु पहिले नै अनुमोदन भएको छ ।

संसदीय सुनुवाई विशेष समितिको सभापति नेकपाका सांसद योगेश भट्टराई हुने चर्चा पनि थियो । दिपकराज जोशीलाई अस्वीकृत गर्न भट्टराइले नै प्रमाण जुटाएको र उनी नै सभापति हुने भनि प्रचार भएको हो । तर, अन्ततः उनले उम्मेदवारी दिएनन् । सभापति बन्न खोजेपनि उनले प्रधानमन्त्री र पार्टीबाट शुभसंकेत पाएनन् ।

सभापति बनेका कर्णले समितिको काममा आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् । समितिले आफूलाई निर्विरोध चयन गरेको उल्लेख गर्दै उनले समितिका सबै निर्णय पनि सर्वसम्मत ढंगले सम्पन्न हुने विश्वास लिए ।

बैठकमा समितिका सदस्यले सभापति कर्ण नेतृत्वको समितिले आफ्नो कामलाई उदाहरणीय रुपमा अघि बढाउने विश्वास गरे । समिति सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले समितिको कामलाई उदाहरणीय रुपमा अघि बढाउन सभापति कर्ण सक्षम हुने विश्वास व्यक्त गरे । कर्ण कानूनका जानकार हुन् ।

समिति सदस्य पूर्णकुमारी सुवेदीले पनि सभापतिमा निर्विरोध कर्ण समक्ष र योग्य रहेको उल्लेख गर्दै समितिको आफ्नो कार्य सम्पादन परिपक्व ढंगले अघि बढ्ने विश्वास लिइन् । संसदमा सार्वजनिक लेखा समिति प्रमुख विपक्षीले पाउने व्यवस्था छ ।

कर्ण सुनुवाई समितिमा आएसँग सत्ताबाहिर रहेका पार्टीलाई मिनि संसदको एउटा नेतृत्व थपिएको छ । यसले दुईवटा संकेत गरेको छ । एउटा, प्रतिपक्षलाई बल पुग्ने । अर्को, राजपा पनि सरकारसँग नजिकिने बहाना हुने ।

पटक–पटक चर्चामा आउने गरेपनि युवा नेता योगेश भट्टराई लगातार लाभको पदबाट वञ्चित हुँदै आएका छन् ।

प्रधानमन्त्री ओली नै चुनाव प्रचारका बेला योगेशको चुनाव क्षेत्रमा पुगेर मन्त्री बनाउने घोषणा गरेका थिए । मन्त्री नपाएपछि उनले संसदमा राम्रो जिम्मेवारी पाउने अनुमान गरिएको थियो । त्यो पनि नपाएपछि योगेश अब जिल्लिएका छन् । मिडियाडबली

 

प्रतिकृया दिनुहोस्

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...