News Portal

जुगलका र बलेफीको संयुक्त रूपमा रत्न राज्य माध्यमिक विद्यालय आईसाेलेसन तयार गरिने

हिमालीसंचार संवाददाता
४३७ पटक

दुर्गाश्रेष्ठ-जुगल गाउँपालिका र बलेफी गाउँपालिकाले संयुक्त रूपमा रत्न राज्य माध्यमिक विद्यालय चनौटेमा अाईसाेलेसन वार्ड वनाउने भएकाे छ।जिल्लामा कोरोना संक्रमितको संख्या तिब्र रूपमामा बढ्दै गएको र संक्रमण जोखिमलाई मध्यजनर गर्दै आज जुगल गाउँपालिका र बलेफी गाउँपालिकामा संक्रमण बढ्न नदिनको लागि अाईसाेलेसन वार्ड बनाउने भएको हो।

ब्यक्ति मात्र नभई सिंगो जुगल गाउँपालिका र बलेफी गाउँपालिका भरिको लागि हेर्ने गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताए।साेमवार वलेफी गाउँ पालिकाकाे कार्यलयमा वसेकाे गाउँपालिका अध्यक्ष स्तरीय सयुक्त वैठकले बढ्दाे कोरोना संक्रमणलाई मध्यनजर गर्दै २० शैयाको अक्सिजन सहितको अस्थायी आइसोलेसन, ५० शैयाकाे सामान्य अाईसाेलेसन केन्द्र रत्नराज्य माध्यामिक विधालयकाे अावासिय भवन चनौटेमा सन्चलान गर्ने निर्णय गरेकाे वलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनुभयाे ।

अब केही दिन भित्रमा नै अक्सिजन ल्याएर उपचार गर्ने वातावारण तयार गछौं । श्रेष्ठले भने बेडरुम, औषधि, डाक्टर, नर्स सहितको क्वारेन्टाईन निर्माणको पहल सुरू भईसकेको छ । जसको लागि आवश्यक बिजुली बत्ती कक्षा कोठा मर्मत खाने पानीको लागी आवश्यक सहयोग गर्ने श्रेष्ठले जनाए ।

साे वैठकले सामुहिक क्वारेन्टाइन हाल संचालन नगर्ने बाहिरवाट अाएका र संभावित सक्रमितहरुलाई स्वास्थ्य मापदण्ड पालना गरेर कडाईका साथ हाेम क्वारेन्टाइनमा वस्न सुचित गर्ने निर्णय गरेकाे जुगल गाउँ पालिकाकाे अध्यक्ष श्रेष्ठले बताए।

जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गा दत्त चापागाईज्यु समेतको उपस्थितीमा बसेको बैठकले आइसोलेसन सेन्टर सञ्चालन तथा व्यवस्थापनका लागि कार्यविधी तयार गर्न काम गर्ने कमिटी (Working Committee) वनाइएको छ । Committee को सुझावका आधारमा दुइ स्थानीय तहका कार्यपालिका स्तरबाट निर्णय लिइ तत्काल अस्थायी आइसोलेसन सेन्टर सञ्चालन गर्ने योजना तय भएको छ ।

बैठकमा जुगल गाउँपालिका अध्यक्ष वलेफी गाउपालिकाकाे अध्यक्ष केदार क्षेत्री, उपाध्यक्ष कमला कायस्थ , जिल्ला स्वास्थ्य कार्यलयकाे प्रमुख दुर्गादत्त चापागाईं सहितको उपस्थिति रहेको थियो।

एम्बुलेन्स सेवा आवश्यक भएमा १०२ नम्बरमा सम्पर्क राख्न सकिने जिल्लाको प्रमुख डाक्टरले जानकारी दिनु भयाे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...