News Portal

जुगलका र बलेफीको संयुक्त रूपमा रत्न राज्य माध्यमिक विद्यालय आईसाेलेसन तयार गरिने

हिमालीसंचार संवाददाता
४७५ पटक

दुर्गाश्रेष्ठ-जुगल गाउँपालिका र बलेफी गाउँपालिकाले संयुक्त रूपमा रत्न राज्य माध्यमिक विद्यालय चनौटेमा अाईसाेलेसन वार्ड वनाउने भएकाे छ।जिल्लामा कोरोना संक्रमितको संख्या तिब्र रूपमामा बढ्दै गएको र संक्रमण जोखिमलाई मध्यजनर गर्दै आज जुगल गाउँपालिका र बलेफी गाउँपालिकामा संक्रमण बढ्न नदिनको लागि अाईसाेलेसन वार्ड बनाउने भएको हो।

ब्यक्ति मात्र नभई सिंगो जुगल गाउँपालिका र बलेफी गाउँपालिका भरिको लागि हेर्ने गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताए।साेमवार वलेफी गाउँ पालिकाकाे कार्यलयमा वसेकाे गाउँपालिका अध्यक्ष स्तरीय सयुक्त वैठकले बढ्दाे कोरोना संक्रमणलाई मध्यनजर गर्दै २० शैयाको अक्सिजन सहितको अस्थायी आइसोलेसन, ५० शैयाकाे सामान्य अाईसाेलेसन केन्द्र रत्नराज्य माध्यामिक विधालयकाे अावासिय भवन चनौटेमा सन्चलान गर्ने निर्णय गरेकाे वलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनुभयाे ।

अब केही दिन भित्रमा नै अक्सिजन ल्याएर उपचार गर्ने वातावारण तयार गछौं । श्रेष्ठले भने बेडरुम, औषधि, डाक्टर, नर्स सहितको क्वारेन्टाईन निर्माणको पहल सुरू भईसकेको छ । जसको लागि आवश्यक बिजुली बत्ती कक्षा कोठा मर्मत खाने पानीको लागी आवश्यक सहयोग गर्ने श्रेष्ठले जनाए ।

साे वैठकले सामुहिक क्वारेन्टाइन हाल संचालन नगर्ने बाहिरवाट अाएका र संभावित सक्रमितहरुलाई स्वास्थ्य मापदण्ड पालना गरेर कडाईका साथ हाेम क्वारेन्टाइनमा वस्न सुचित गर्ने निर्णय गरेकाे जुगल गाउँ पालिकाकाे अध्यक्ष श्रेष्ठले बताए।

जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गा दत्त चापागाईज्यु समेतको उपस्थितीमा बसेको बैठकले आइसोलेसन सेन्टर सञ्चालन तथा व्यवस्थापनका लागि कार्यविधी तयार गर्न काम गर्ने कमिटी (Working Committee) वनाइएको छ । Committee को सुझावका आधारमा दुइ स्थानीय तहका कार्यपालिका स्तरबाट निर्णय लिइ तत्काल अस्थायी आइसोलेसन सेन्टर सञ्चालन गर्ने योजना तय भएको छ ।

बैठकमा जुगल गाउँपालिका अध्यक्ष वलेफी गाउपालिकाकाे अध्यक्ष केदार क्षेत्री, उपाध्यक्ष कमला कायस्थ , जिल्ला स्वास्थ्य कार्यलयकाे प्रमुख दुर्गादत्त चापागाईं सहितको उपस्थिति रहेको थियो।

एम्बुलेन्स सेवा आवश्यक भएमा १०२ नम्बरमा सम्पर्क राख्न सकिने जिल्लाको प्रमुख डाक्टरले जानकारी दिनु भयाे।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...