News Portal

सिन्धुपाल्चोक चौतारामा २६ वेडको आइसोलेशन वार्ड तयार

हिमालीसंचार संवाददाता
४१२ पटक

दुर्गा श्रेष्ठ सिन्धुपाल्चोक- जिल्ला चौतारा सांगाचोकगढी नगरपालिकाभित्र २६ वेडको आइसोलेशन वार्ड तयार भएको छ। नगरपालिकाका मेयर अमान सिंह तामाङले फिल्ड ट्रेनीङ सेन्टरमा १२ जिल्ला समन्वय समितिमा ९ तथा जिल्ला अस्पताल चौतारामा ५ वेड सहितको आइसोलेशन वार्ड तयार भएको बताउनुभयो । सो आइसोलेशन वार्डमा अक्सिजन सहितको व्यवस्था हुने भएकोछ ।

नगरपालिका भित्र २६ वेडको आइसोलेशन वार्ड तयार भईसकेको छ । नगरपालिकाले गम्भीर प्रकृतिका बिरामिलाई अक्सिजनको अभाव नहोस् भनेर २९ वटा सिलिन्डर मौज्दात अवस्थामा राखेको छ । ४ ओटा नगरपालिकामा र बाकिँ २५ वटा चौतारा अस्पतालमा राखिएको मेयर तामाङले बताउनुभयो ।

कोभिड–१९ को स्वास्थ्य संकटको अवस्था विचार गरेर ८ वटा अक्सिजन ग्यास उत्पादन गर्ने सामाग्रि भायोसिल्डको समेत नगरपालिकाले ब्यवस्थापन गरेको छ । यसले अक्सिजन अभावको समस्यालाई पुरा गर्ने मेयर तामाङको भनाई छ । कोरोनाको संक्रमण दर नगरपालिकामा वढिरहदा नडराउन तर सचेत र सजक हुन नगरबासिमा उहाँले अनुरोध गर्नुभएको छ ।

नगरपालिकाले कोरोना संग मिल्ने लक्षण देखिएकाहरुलाई निशुल्क परीक्षणको लागि नगरपालिकामा सम्पर्क राख्न अनुरोध गरेको छ । मेयर तामाङले कुनै समस्या परेमा आफ्नो नम्बर ९८६५७०७७३७ मा वा उपप्रमुख, जनप्रतिनिधि वा स्वास्थ्य शाखाका प्रमुखकलाई फोन गरेर जानकारी गराउन र सेवा लिन समेत अपिल गर्नुभएको छ । एम्बुलेन्स सेवा आवश्यक भएमा १०२ नम्वरमा सम्पर्क राख्न सकिने ब्यवस्था छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...