News Portal

ओली सरकारले संरक्षण गरेका यी २ ठूला माछा अख्तियारको उच्च निगरानीमा

८८४ पटक

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान दुरुपयोग आयोगले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकार र नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई उच्च निगरानीमा रोखेको छ ।

कंशाकार र झाको गतिविधिलाई आन्तरिक रुपमा छानविन गर्दै आएको अख्तियारले समात्ने तयारीमा रहेको स्रोतले जनाएको छ । कंशाकार र झा दुवैले पदीय दुरुपयोग गर्दै अर्बौं रुपैयाँ घोटाला गरेको आरोप छ । उनीहरुका विरुद्ध अख्तियारमा मुद्धाहरु परेका छन् ।

कंशाकारमाथि एअरबस ३३०—२०० सेरिजका २ थान ‘वाइड बडी’को खरिदमा आउने कमिशन र उत्पादक कम्पनीले दिने छुटमा ब्रम्हलुट मच्चाएको अभियोग छ । ‘वाईड बडी’ खरिदमा कंशकारले अर्बौ रुपैयाँ हिनामिना गरेको स्रोतको दाबी छ ।

कंशाकारले २०७४ चैत २० गते निगमले खरिद गर्न लागेका एअरबसको दुई ठूला विमानमा लाग्ने चार थान इञ्जिनको मर्मतसम्भारको ठेक्का यसको निर्माता रोल्सरोयसलाई डेढ दशकको लागि दिने घोषणा गरेसँगै यसप्रति प्रश्न उठाउन सुरु भएको थियो ।

नेपालको एकमात्रै राष्ट्रिय ध्वजावाहक संस्थाको प्रमुख व्यक्तिले यस्तो ब्रम्हलुट मच्चाईरहँदापनि वर्तमान सरकार, त्यो पनि ईतिहाँसकै शक्तिशाली सरकार मुकदर्शक बनेको भन्दै जनताले आलोचना समेत गर्न सुरु गरेका छन् ।

कंशाकारले निगमको प्रमुख भएर पदीय जिम्मेवारी सम्हाल्नुभन्दापनि आर्थिक चलखेलमा आवद्ध हुनु शंकास्पद देखिएको छ । हालसालै महालेखापरीक्षकले विमान खरिदमा अनियमितता भएको दाबी गरेको छ ।

महालेखापरीक्षक टंकमणि शर्माले नेपाल वायुसेवा निगमका सञ्चालक समितिका पदाधिकारीसहित महाप्रबन्धक र उच्च अधिकृतलाई राखेर यसका बारेमा छलफल गरेका थिए । कंशकारमाथि वाईड बडी खरिदमा ६ अर्बभन्दा बढि घोटाला गरेको आरोप छ ।

विमान खरिदको विषयमा भएको अनियमितता छानविन गर्न पर्यटन मन्त्रालयले पनि आन्तरिक रुपमा छानविन समिति बनाएको छ ।

सरकारले यसअघि हटाएका नेपाल दुरसंचारका पूर्वअध्यक्ष दिगम्बर झाफेरि अध्यक्ष भएका छन् । उनको नियुक्तिको विषयमा अहिले विभिन्न टिकाटिप्पणी भैरहेको छ ।

दुरसंचार क्षेत्रको नियमक प्राधिकरणको अध्यक्ष छनौट गर्न बनेको समितिले सूचना आव्हान गरेपछि खुल्ला प्रतिस्पर्धामा झाले पनि आवेदन दिएका थिए । हालै बसेको मन्त्रिपरिषदको बैठकले उनलाई पुनः अध्यक्षमा नियुक्त गरेको थियो ।

प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वमा सरकार गठन भएसँगै संचार मन्त्रालयले झालाई अविश्वास गर्दै कुनै पनि काम अघि नबढाउन निर्देशन दिएको थियो । त्यति मात्रै होइन झालाई बर्खास्त गरिएको थियो ।

आँफैले हटाएको व्यक्तिलाई पुनः सोही पदमा ल्याउनु भनेको झाले ठूलो चलखेल गरेको अनुमान गर्न थालिएको छ । झाले एनसेललाई फोरजी दिने बेला अर्बौ रुपैयाँ घोटाला गरेको गम्भीर आरोप छ । रिपब्लिकदैनिकबाट 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...