News Portal

नेतृ उमा भुजेललाई छाड्न सर्वोच्चको आदेश

हिमाली संचार संवाददाता
८२७ पटक

काठमाडौं – सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी पोलिट्ब्युरो सदस्य उमा भुजेललाई रिहा गर्न आदेश दिएको छ ।

इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङको हिरासतमा रहेकी उनलाई वस्तुनिष्ठ आधार र कारणविना पक्राउ गर्ने र अनुसन्धानको क्रममा भनी न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नभएको सर्वोच्चले ठहर गरेको छ ।

यसअघि जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको उनी सर्वोच्चको बन्दीप्रत्यक्षीकरण रिटमार्फत नै रिहा भएकी थिइन् । तर रिहा हुने वित्तिकै पक्राउ गरी दाङ लगिएको थियो ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले भुजेललाई जिल्ला अदालत दाङको मुख्य रजिस्टारको रोहवरमा रिहा गर्न आदेश दिएको हो ।

सर्वोच्चले भुजेललाई अनुसन्धानका लागि प्रहरीले म्याद थपको अनुमति माग्दा जिल्ला अदालतले पर्याप्त कारणविना नै म्याद थप गरिदिएको पनि बताएको छ । यही मुद्दामा खड्गबहादुर विश्वकर्मा पनि बन्दी प्रत्यक्षीकरण रिटमार्फत नै रिहा भएको भन्दै सर्वोच्चले समान अवस्था रहेकाले भुजेललाई पनि बन्दी प्रत्यक्षीकरण रिट जारी हुने देखिएको आदेशमा उल्लेख गरेको छ ।

त्यस्तै सर्वोच्च अदालतले जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका टेकबहादुर केसीलाई पनि रिहा गर्न बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...