News Portal

भेरी अस्पतालमा अक्सिजन अभाव, २०० सिलिण्डर अक्सिजन सहयोग गर्ने वडाध्यक्ष बेहनाको घोषणा

हिमालीसंचार संवाददाता
४१३ पटक

नेपालगन्ज – बाँकेमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ। नेपालगन्ज हायलकायल बनेको छ। स्वास्थ्यकर्मी चिन्तित छन्, सर्वसाधारण भयभीत बनेका छन्। कोरोना संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले बिरामी थाम्न सक्ने अवस्था छैन।

भेरी अस्पतालमा बेड भरिएका छन्। बिरामीका लागि चाहिने अक्सिजन अभाव भएको छ। सरकार बेखबर छ, नेपालगन्ज दुखिरहेको छ। न मुख्यमन्त्रीलाई चिन्ता, न त प्रधानमन्त्रीलाई चासो। सत्ताको लडाइँमा हानथाप गरिरहेका मुख्यमन्त्री र प्रधानमन्त्रीलाई जनताको जीउज्यानको के मतलब ?

स्थानीय सिंहदरबार अब अन्तिम किस्ताका लागि सोचमग्न छन्, कोरोनाको जोखिमका बारेमा ध्यान दिने फुर्सद छैन। स्थानीय, प्रदेश र संघीय सरकारले विरामीको व्यवस्थापनमा चासो नदेखाएको गुनासो बढ्दै गएको छ। पछिल्लो पटक संक्रमित हुने र ज्यान गुमाउनेमा युवा र बालबालिकाको संख्या पनि उल्लेख्य छ।

कोरोना संक्रमणको अहिलेको दर घटाउन, जनस्वास्थ्य मापदण्ड पालना गर्नुको विकल्प नभएको भन्दै स्वास्थ्यकर्मीहरुले सर्तकता अपनाउन आग्रह गरिरहेका छन्। भेरी अस्पतालमा कोरोना संक्रमितको संख्या बढेसँगै बिरामीका लागि चाहिने अक्सिजनको समेत अभाव भएको छ।

यस्तो अवस्थामा तीनै तहका सरकार कानमा तेल हालेर सुतिरहेका छन्। यहीबेला बाँकेको एक स्थानीय तहका एक जना मनकारी वडाध्यक्षले भेरी अस्पताललाई २०० सिलिण्डर अक्सिजन उपलब्ध गराउने घोषणा गरेका छन्।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाले अस्पतालमा अक्सिजनको अभाव कम हुने र कोरोना संक्रमितलाई राहत हुने भएकाले आजै शुक्रबार भेरी अस्पताललाई २०० सिलिण्डर अक्सिजन हस्तान्तरण गर्ने जानकारी दिए।

उनले कोरोनाविरुद्धको लडाइँ लड्नका लागि मनकारीहरुसँग सहयोग गर्न आग्रहसमेत गरेका छन्। उनले भनेका छन्, ‘बाँकेको भेरी अस्पतालमा अक्सिजनको अभाब भइरहेको कुरा बाहिर आएपछि र अस्पतालका दृष्यले मलाई मर्माहत बनायो।

त्यसपछि मैले आफ्नो व्यक्तिगत तर्फबाट अस्पताललाई २०० अक्सिजन सिलिन्डर बराबरको रकम भेरी अस्पताललाई हस्तान्तरण गरेको हुँ। कोरोनाविरुद्धको लडाईमा मेरो सधैं साथ रहनेछ।’ मनकारीहरुलाई सहयोगको आग्रह गर्दै वडाध्यक्ष बेहनाले भनेका छन्, ‘तपाईको सानो सहयोगले बिरामी र अस्पताललाई सहज हुनेछ।’

बाँकेमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ। कोरोना संक्रमणको दर बढेसँगै अस्पतालमा बिरामीको चाप बढेको र अक्सिजनसमेत अभाव भएपछि आफुले सक्दो सहयोगको घोषणा गरेको उनले बताएका छन्।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...