News Portal

  • विराट गोल्डकप: पन्जाब पुलिस क्लब क्‍वाटरफाइनलमा

    हिमालीसंचार संवाददाता
    ३७९ पटक

    विराटनगर – गोर्खा ब्वाइज फुटबल क्लब रूपन्देहीलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै भारतीय टोली पन्जाब पुलिस क्लब शुक्रबार विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुगेको छ। निर्धारित र अतिरिक्त समयमा दुवै टिमवाट १–१ ले बराबरी भएपछि खेलको छिनोफानो टाइब्रेकरवाट गरिँदा पन्जाबले बाजी मार्‍यो।

    पन्जाबका लागि सरजित सिंह, जितेन्द्र सिंह, बलजित सिंह र असदीप सिंहको पेनाल्टी प्रहार गोलमा परिणत हुँदा रूपन्देहीका शक्ति राई र गौरव श्रेष्ठको प्रहारले मात्र पोस्टको लक्ष्य भेटेको थियो। रूपन्देहीका कप्तान आशिष गुरुङको प्रहार पन्जाबका गोलरक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गर्दा अजित गुरुङको प्रहार बारमा ठोक्किएर फर्किएको थियो।

    यसअघि इन्जुरी समयको पाँच मिनेट सम्हाहिन नसक्दा रूपन्देहीले अग्रता जोगउन सकेन। खेलको ७९ औं मिनेटमा रूपन्देहीका शक्ति राईले गोल गर्दै टिमलाई १–० गोलको अग्रता दिलाएका थिए। उनले लुइस भिडालको क्रममा हेड गोल गरेका थिए।

    पाँच मिनेटको इन्ज्युरी समयको दोस्रो मिनेटमा पन्जाबका जितेन्द्र सिंहले गोल गरी खेल बराबरी गरेका थिए। पन्जाबका गोलरक्षक सतवीर सिंह म्यान अफ द म्याच भए। उनले १० हजार पुरस्कार थापे। शनिबार युनाइटेड फुटबल क्लब पश्चिम बंगाल र घरेलु टिम विराटनगर ११ बीच पहिलो क्वाटरफाइनल हुनेछ।

    मनाङ मर्स्याङदी क्लबले अन्तिम समयमा प्रतियोगितामा सहभागी नहुने जनाएपछि आयोजकले पश्चिम बंगालविरुद्ध घरेलु टिम विराटनगरलाई मैदानमा उतार्ने निर्णय गरेको हो। विराटनगरले बिहीबार सिक्किमलाई २–१ ले पराजित गर्दै क्वाटरफाइनल यात्रा गरेको थियो। मनाङले डेढ दशकअघि विराटनगरमा नीराजन कप फुटबल प्रतियोगितामा सेमिफाइनल खेल छाडेर आयोजकलाई धोका दिएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ८ गतेको राशिफल

    आज कार्तिक ८, २०८२ (अक्टोबर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन...

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

    काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी...