News Portal

वामदेव जहाँबाट उम्मेदवार बनेपनि कांग्रेसले हराईदिन्छ : कांग्रेस प्रवक्ता शर्मा

हिमाली संचार संवाददाता
६५८ पटक

नेपालगञ्ज – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका नेता वामदेव गौतमलाई जहाँबाट उम्मेदवार बनेपनि हराइदिने चेतावनी दिएका छन् ।

नेपाल प्रेस युनियन बाँकेले नेपालगञ्जमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले वामदेवलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जुन सिट खाली गराए पनि कांग्रेस जित्ने दाबी गरे ।

गौतमका लागि यो वा त्यो निर्वाचन क्षेत्रको विषयमा हल्ला गर्नुभन्दा छिटो निर्वाचन क्षेत्र खाली गराए कांग्रेसलाई निर्वाचनको तयारी गर्न सहज हुने प्रवक्ता शर्माले बताए ।

प्रवक्ता शर्माले सरकार गठन भएको ६ महिनामात्रै भएकाले कामको पूर्ण समीक्षा गर्ने बेला आइनसकेको टिप्पणी गरेका छन् । उनले आर्थिक विकास र समृद्धिमा सरकारको अहिले नै आलोचना गर्ने समय नभएको भन्दै शान्ति सुरक्षामा सरकार धेरै चुकेको आरोप लगाएका छन् ।

‘दुई तिहाईको साथले मात्र प्रधानमन्त्रीले जनपक्षीय काम गर्न सक्दैनन् त्यसका लागि कार्यक्षमता देखाउन सक्ने टोलीको खाँचो हन्छ’, उनले भने, ‘छोटो अवधिममा सरकार धेरै ठाउँमा चुकेको छ ।’ उनले अहिलेसम्मको कामकारबाहीको मूल्यांकन गर्दै सच्चिएर अघि बढ्न कम्युनिस्ट सरकारलाई सुझाव दिए ।

संविधान बनेको ४ वर्ष भइसक्दा पनि सबै नेपालीलार्इ अटाउन सरकार उदासीन देखिएको प्रवक्ता शर्माको भनाइ छ । उनले स‌ंविधानमाथिको खतरामा टार्न संविधान जारी गर्ने समयका सहयात्री दलबीच सहकार्य आवश्यक रहेको बताए ।

प्रतिकृया दिनुहोस्

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...