News Portal

वामदेव जहाँबाट उम्मेदवार बनेपनि कांग्रेसले हराईदिन्छ : कांग्रेस प्रवक्ता शर्मा

हिमाली संचार संवाददाता
६८३ पटक

नेपालगञ्ज – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका नेता वामदेव गौतमलाई जहाँबाट उम्मेदवार बनेपनि हराइदिने चेतावनी दिएका छन् ।

नेपाल प्रेस युनियन बाँकेले नेपालगञ्जमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले वामदेवलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जुन सिट खाली गराए पनि कांग्रेस जित्ने दाबी गरे ।

गौतमका लागि यो वा त्यो निर्वाचन क्षेत्रको विषयमा हल्ला गर्नुभन्दा छिटो निर्वाचन क्षेत्र खाली गराए कांग्रेसलाई निर्वाचनको तयारी गर्न सहज हुने प्रवक्ता शर्माले बताए ।

प्रवक्ता शर्माले सरकार गठन भएको ६ महिनामात्रै भएकाले कामको पूर्ण समीक्षा गर्ने बेला आइनसकेको टिप्पणी गरेका छन् । उनले आर्थिक विकास र समृद्धिमा सरकारको अहिले नै आलोचना गर्ने समय नभएको भन्दै शान्ति सुरक्षामा सरकार धेरै चुकेको आरोप लगाएका छन् ।

‘दुई तिहाईको साथले मात्र प्रधानमन्त्रीले जनपक्षीय काम गर्न सक्दैनन् त्यसका लागि कार्यक्षमता देखाउन सक्ने टोलीको खाँचो हन्छ’, उनले भने, ‘छोटो अवधिममा सरकार धेरै ठाउँमा चुकेको छ ।’ उनले अहिलेसम्मको कामकारबाहीको मूल्यांकन गर्दै सच्चिएर अघि बढ्न कम्युनिस्ट सरकारलाई सुझाव दिए ।

संविधान बनेको ४ वर्ष भइसक्दा पनि सबै नेपालीलार्इ अटाउन सरकार उदासीन देखिएको प्रवक्ता शर्माको भनाइ छ । उनले स‌ंविधानमाथिको खतरामा टार्न संविधान जारी गर्ने समयका सहयात्री दलबीच सहकार्य आवश्यक रहेको बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...