News Portal

यी बिरामीहरुले लसुन नखानु बेस

हिमालीसंचार संवाददाता
६३१ पटक

सगुन गुरुङ, काठमाडौं – लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि मद्दत गर्दछ। लसुन नियमित खानाले स्वास्थ्यमा सुधार आउने र केही खतरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बच्न सकिन्छ। तर लसुनले सबै मानिसलाई राम्रो गर्छ भन्ने छैन।

लसुनको प्रयोग गर्दा आफ्नो स्वास्थ्य अवस्थाका विषयमा जानकार हुनु जरुरी हुन्छ। हेपाटाइटिस यस्तो रोग हो, जसले मानिसको कलेजोलाई असर गर्दछ। हेपाटाइटिस भाइरसको उपचारको लागि लसुन खानु उचित हुँदैन। किनभने, लसुनको सेवनले पेट र आन्द्रामा प्रत्यक्ष प्रभाव पार्दछ।

यसले हाम्रो आन्द्रामा पैदा हुने ग्यास्ट्रिक एसिडको मात्रालाई कम गर्दछ। जसको कारण हाम्रो पाचन प्रणालीमा नकारात्मक असर पर्दछ। यसले बान्ता हुने, रिँगटा लाग्नेजस्ता लक्षणहरू निम्त्याउँछ। त्यसैले हेपाटाइटिस हुनेहरूले लसुनको सेवन नगर्नुहोस्। सर्जरी गर्न लागेको व्यक्तिले कुनै पनि किसिमको सर्जरी गर्नुभन्दा २ हप्ता अगाडिदेखि लसुन खान छोड्नुपर्दछ।

किनभने, लसुनले गर्दा सर्जरीपछि रगत नजम्ने हुन्छ र घाउ बिस्तारै पाकेर संक्रमित हुने गर्दछ। कम रक्तचाप भएको व्यक्तिले लसुनको सेवन गर्नु उपयुक्त मानिदैन। यसले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइडजस्ता रसायनहरूको निर्माणमा मद्दत पुर्याउँछ। यी रसायनहरूले मुटुको धमनीहरूलाई आराम दिने गर्दछन्।

उच्च रक्तचाप हुनेहरूको लागि लसुन फाइदाजनक हुन्छ तर, कम रक्तचाप हुनेहरूको लागि भने लसुनको सेवन खतरनाक हुन जान्छ। झाडापखाला लागेको व्यक्तिले लसुनको सेवन गरेमा यसको पिरोले आन्द्रालाई नकारात्मक असर पुर्याउँछ, जसको कारण आन्द्रामा घाउ हुन जान्छ।

यस्तो अवस्थालाई ‘इन्टेस्टाइनल म्युकोसल हाइपरिमिया’ भनिन्छ। यस्तो अवस्थामा दिसा गर्दा कडा पेट दुख्ने, दिसामा रगत देखिने, रिँगटा लाग्ने, बान्ता हुनेजस्ता लक्षणहरू देखा पर्दछन्। त्यसैले, झाडापखाला लाग्दा लसुनको सेवन नगर्नुहोस्।

आँखाका रोगीहरूले लसुनको सेवन गर्नुहुँदैन। विशेष गरी आँखा पाकेको व्यक्तिलाई लसुनले हानि पुर्याउने गर्दछ, साथै आँखाबाट रगत पनि निकाल्न सक्छ। आँखा रोगीहरूले लसुनको सेवन गरेमा आँखामा बादल लागेजस्तो हुने, आँखा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जानेजस्ता लक्षणहरू देखा पर्दछन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...