News Portal

नेपाली कांग्रेसमा पदाधिकारी बढ्ने, विधान संशोधन मस्यौदामा केके छ ?

७३९ पटक

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बढ्ने भएको छ । विधान मस्यौदा समितिले तयार पारेको प्रारम्भीक मस्यौदामा पदाधिकारी बढाउन प्रस्ताव गरिएको छ ।

मस्यौदामाथि सुझाव संकलनका लागि पर्सिदेखि देशका १२ स्थानमा छलफल कार्यक्रम राखिएको छ । ‘दफावार सुझाव लिन्छौं र १४ गतेभित्र राजधानी फर्कन्छौं । प्राप्त सुझावलाई समेटेर अन्तिम मस्यौदा तयारीमा जुट्छौं’ शनिबार पत्रकार सम्मेलन गरी मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले भने, यसबीचमा पार्टी नेतृत्वसँग पनि छलफल गर्छौं ।’

मस्यौदा समितिमा पदाधिकारीको संख्या बढाउने सहमति जुटेको छ । उपसभापति र सहमहामन्त्री थप्ने सहमति भएपनि संख्यामा वैकल्पिक प्रस्तावहरू पनि रहेको एक सदस्यले जानकारी दिए ।

स्रोतका अनुसार उपसभापति दुई वा तीन बनाउने विकल्प छ । उपसभापति तीन राख्न प्रस्ताव गर्नेहरुले सहमहामन्त्री पनि तीन नै प्रस्ताव गरेका छन् ।

तर, दुई उपसभापति राख्न प्रस्ताव गर्नेहरुले सात प्रदेश हेर्ने गरी सात सहमहामन्त्री राख्ने वैकल्पिक प्रस्ताव अघि सारेका छन् ।

पदाधिकारीको निर्वाचन प्रणालीमा तीन वटा प्रस्ताव छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षीय नेताहरुले सबै सभापतिले मनोनित गर्ने र केन्द्रीय समितिलाई जानकारी मात्र दिने प्रस्ताव गरेका छन् ।

वैकल्पिक प्रस्तावमा ७० प्रतिशत निर्वाचित र ३० प्रतिशत मनोनित वा सबै निर्वाचित हुनु पर्ने प्रस्ताव अघि सारिएको छ । उनीहरुले संसदीय समिति र अनुशासन समिति पनि निर्वाचनबाटै बनाउन प्रस्ताव गरेका छन् ।

हाल ६ पदाधिकारीमध्ये सभापति, महामन्त्री र कोषाध्यक्ष महाधिवेशनबाटै निर्वाचित हुन्छन् भने उपसभापति, महामन्त्री र सहमहामन्त्री सभापतिले प्रस्ताव गर्ने र केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्ने व्यवस्था छ ।

विधान संशोधन मस्यौदामा केन्द्रीय कार्यसमितिमा १०१ वा १३१ सदस्यीय बनाउन प्रस्ताव गरिएको छ । रासस

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...