News Portal

फिफा विश्वकप फुटबल: इङ्ल्यान्डको बिजयी सुरुआत

हिमालीसंचार संवाददाता
४१२ पटक

इङ्ल्यान्ड – फिफा विश्वकप फुटबल छनोट अन्तर्गत युरोपियन छनोटमा इङ्ल्यान्डले सहज जित निकालेको छ। बिहीबार राति भएको खेलमा इङ्यान्डले सान मारिनोलाई ५–० गोल अन्तरले हरायो।

घरेलु मैदानमा इङ्ल्यान्डलाई जित दिलाउन डोमिनिक काल्भर्ट लेविनले दुई गोल गरे। जेम्स वार्ड, रहिम स्ट्रर्लिङ र ओली वाट्किन्सले एक–एक गोल गरे। जितसँगै समूह ‘आई’ को इंग्ल्यान्डले पहिलो खेलमा ३ अंक जोडेको छ।

सान मारिनोले भने हारबाट छनौटको सुरुवात गरेको छ। खेलको १४ औं मिनेटमा जेम्सले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए। २१ औं मिनेटमा लेविनले गोल गर्दै टिमको अग्रता दोब्बर पारे। ३१ औं मिनेटमा रहिमले गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाए।

पहिलो हाफमा तीन गोल गरेको इङ्ल्यान्ड दोस्रो हाफमा दुई गोल गर्न सफल भएको थियो। ५३ औं मिनेटमा लेविनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ४–० को बनाए। ८३ औं मिनेटमा वाट्किन्सले गोल गर्दै इङ्ल्यान्डलाई ५–० को जित दिलाए।

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...