News Portal

इन्दिरा शाहको नयाँ गीत “हातमा बाला” बजारमा [भिडियो सहित]

हिमालीसंचार संवाददाता
१०७३ पटक

कुवेत – गायिका इन्दिरा शाह यूनिकको प्रस्तूतीमा रहेको बिल्कुलै नयाँ गीत नेपाली सांगीतिक बजारमा आएको छ। “हातमा बाला” बोलको यस गीतमा गायिका शाहलाई गायक हरि गिरि बिमर्शीले स्वरमा साथ दिएका छन भने, लय तथा शब्द सिर्जना पनि गायक गिरिको नै रहेको छ।


गायीका शाह झण्डै दुई दशक लामोदेखि गायन क्षेत्रमा क्रियाशील छिन। उनले स्वर भरेका दोलखा चरिकोट, लाइदेउ मोहनी, झिलिमिली रमाइलो साझमा, तिम्ले गर्दा हो, तिम्ले छोडी गएपछिलगायत हूम्ला सिमिकोटको बोलको गीतहरुमा पनि अशङ्ख्य दर्शकश्रोताहरुले प्रस्तूती मन पराई हौसला दिएको गायिका शाहले हिमालीसंचारडटकमसगंको कुराकानीमा प्रतिक्रिया दिदै बताईन।


गायीका शाहको १८औं एल्बमका रूपमा बजारमा ल्याईएको उक्त गीतको म्यूजिक भिडियोमा क्रान्ति केसीको निर्देशनमा मोडल चक्र बम र याङ्सु श्रेष्ठको अभिनय देख्न सकिन्छ। ताजा ईन्टरटेनमेन्टको अफिसियल यूट्यूब मार्फत सार्बजनिक गरिएको यो गीत पछिल्लो यूवापुस्तालाई लक्षित गर्दै बाजारमा ल्याएको गायिका शाहले बताउएकी छिन्।

“हातमा बाला” बोलको गीत हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...