News Portal

  • ‘तिम्रो हुने कहिले’ नेपाली चलचित्रको शीर्षक गीत सार्वजनिक (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ३६६ पटक

    काठमाण्डौ- ‘तिम्रो हुने कहिले’ नेपाली फिल्मको शीर्षक गीत “फिल्मको टाईटल गीत”को अफिसियल भिडियो सार्वजनिक भएको छ । सार्वजनिक टाईटल गीतलाई ‘क्लासिक फार्म मभि’को अफिसियल युट्युब च्यानलबाट  सार्वजनिक गरिएको हो ।

    यस गीतमा चर्चित गायक बबुल गिरी र सुजता केसीको आवाज़ रहेको छ। सार्वजनिक गीतको शब्द, संगीत, संगीत संयोजन बबुल गिरीको रहेको छ । चोखो मायालाई गहिरो तरिकाले उजागर गर्न खोजिएको गीतलाई कोरस स्वर नितु पौडेल र रमिला बानले दिएकी छिन ।

    यस टाईटल गीतलाई क्लासिक फार्म स्टिडियो बाघबजार स्टुडियोमा रेकर्डिङ गरिएको हो । यस गीतलाई रेकर्डिङ र मिक्सिङ मनोज डङ्गोलले गरेको हुन भने डबिङ गिरिस रिजालाले गरेको हुन ।

    सार्वजनिक गीतमा प्रेमको भाव, बिम्ब र अभिनयरुपी सारबाट ब्यक्त गर्ने खोजिएको छ । यस टाईटल गीतमा प्रकाश चण्द, मौसमी ओली, कारण पाण्डे, सबिन बास्तोला, सारादा गिरी, मिना जिसि, सुधन धिताल, मुस्कान रेग्मी, मोहन गिमिरे, सुपा खनाल, ललित सिंह साउद, सेखर खनाल, सश अधिकारी, रचना पौडेल, काजल गिरी, कङना बस्नेत, सरोज मानन्धर आदिको जोडदार अभिनय गरेका छन ।

    यस गीतलाई कोरियोग्राफी सुरेश पाण्डे र सुनिता बस्नेतले गरेको छन भने मेक अफ रुपा मानन्धरले गरेकी छिन । यस गीतको छायांकन रामकृष्ण चौलागाईले गरेको हुन भने ललित सिंह साउदले सम्पादन गरेको हुन । कथा तथा निर्देशन राजु गीरीले गरेको हुन भने निर्माता स्याम खत्री रहेका छन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दशैंपछि सेयर बजारमा ३ प्रतिशत गिरावट, नीतिगत सहजतापछि सुधारको आशा

    काठमाडौँ, असोज २४ – दशैं सकिएपछि खुलेको सेयर बजार यस साता कमजोर रह्यो। बजार सूचक...

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...

    टोखामा युवकको हत्या, दुई जना पक्राउ

    काठमाडौं, असोज २४ — काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको ज्यान...