News Portal

‘तिम्रो हुने कहिले’ नेपाली चलचित्रको शीर्षक गीत सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४५५ पटक

काठमाण्डौ- ‘तिम्रो हुने कहिले’ नेपाली फिल्मको शीर्षक गीत “फिल्मको टाईटल गीत”को अफिसियल भिडियो सार्वजनिक भएको छ । सार्वजनिक टाईटल गीतलाई ‘क्लासिक फार्म मभि’को अफिसियल युट्युब च्यानलबाट  सार्वजनिक गरिएको हो ।

यस गीतमा चर्चित गायक बबुल गिरी र सुजता केसीको आवाज़ रहेको छ। सार्वजनिक गीतको शब्द, संगीत, संगीत संयोजन बबुल गिरीको रहेको छ । चोखो मायालाई गहिरो तरिकाले उजागर गर्न खोजिएको गीतलाई कोरस स्वर नितु पौडेल र रमिला बानले दिएकी छिन ।

यस टाईटल गीतलाई क्लासिक फार्म स्टिडियो बाघबजार स्टुडियोमा रेकर्डिङ गरिएको हो । यस गीतलाई रेकर्डिङ र मिक्सिङ मनोज डङ्गोलले गरेको हुन भने डबिङ गिरिस रिजालाले गरेको हुन ।

सार्वजनिक गीतमा प्रेमको भाव, बिम्ब र अभिनयरुपी सारबाट ब्यक्त गर्ने खोजिएको छ । यस टाईटल गीतमा प्रकाश चण्द, मौसमी ओली, कारण पाण्डे, सबिन बास्तोला, सारादा गिरी, मिना जिसि, सुधन धिताल, मुस्कान रेग्मी, मोहन गिमिरे, सुपा खनाल, ललित सिंह साउद, सेखर खनाल, सश अधिकारी, रचना पौडेल, काजल गिरी, कङना बस्नेत, सरोज मानन्धर आदिको जोडदार अभिनय गरेका छन ।

यस गीतलाई कोरियोग्राफी सुरेश पाण्डे र सुनिता बस्नेतले गरेको छन भने मेक अफ रुपा मानन्धरले गरेकी छिन । यस गीतको छायांकन रामकृष्ण चौलागाईले गरेको हुन भने ललित सिंह साउदले सम्पादन गरेको हुन । कथा तथा निर्देशन राजु गीरीले गरेको हुन भने निर्माता स्याम खत्री रहेका छन ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...