News Portal

एकीकृत सृजनशिल समाजको हलमा लोक दोहोरी ‘सुनकोशिको पुल’ बिमोचन गरियो (भिडियो सहित)

हिमाली संचार संवाददाता
८९९ पटक

काठमाडौँ असोज ४ – नेपाली लोक संगीत पारखीहरुका लक्षित गर्दै हिजो मात्रै काठमाडौँको मनमैजु स्थित एकीकृत सृजनसिल समाजको भवनमा राजकुमार मगरको ‘सुनकोशिको पुल’ नामक लोक दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सुरज थापा र सिता माझीको स्वर रहेको उक्त गीतलाई व्यवस्थापिका सांसद यज्ञराज सुनुवारले सार्वजनिक गरेका हुन ।

सो अवसरमा सांसद सुनुवारले विगत लामो समय देखि द्धन्द पिडित वालवालिकाहरुको संरक्षण र सिक्षा दिक्षाको व्यवस्थापन गर्दै आएको एकीकृत सृजनशील समाजलाई रु ५००० पनि सहयोग प्रदान गरेका थिए । सबैलाई राम्रो संदेश दिन एकीकृत सृजनशिल समाजले महत्तो पूर्ण भूमिका खेल्न सहयोग गरेको सांसद सुनुवारले बताए । एकीकृत सृजनशील समाजले विगत लामो समयदेखि द्धन्द पिडित वालवालिकाहरुलाई विभिद सहयोगी मनहरुबाट संकलित रकमले संचालित उक्त समाजले हाल नेपालका १२ भन्दा बढी जिल्लाका ४५ जना पिडित वालवालिकाहरुलाई आश्रय दिदैं आएको उक्त समाजका उपाध्यक्ष तथा वालगृह इन्चार्ज भिम कुमार रोक्काले बताएका छन् ।

बिमोचन गरिएको गीतमा सुरज थापा र सिता माझीको सुमधुर स्वर रहेको छ । आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ तयार पारिएको यस गीतलाई लय सिता माझी र शब्द राजकुमार मगरको रहेको छ । यस गीतको म्युजिक भिडियोमा राजकुमार मगर, टिका जैसी, र रजीना महर्जनको आकर्षक अभिनय रहेको छ । भिडियोलाई निर्देशन कर्म शेर्पाले गरेका हुन् भने छायांकन बासु बराल र सम्पादन प्रविन रेश्मी मगरले गरेका छन् । हामी यस गित संग सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु हला ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...