News Portal

मोरङको रतुवामाई नगरपालिकाले माटो परिक्षणको लागि घुम्ति शिविर संचालन

हिमालीसंचार संवाददाता
३६७ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई नगरपालिकाले माटो परिक्षण गर्नेका लागि घुम्ति शिविर संचालन गरेको छ । प्रधानमंत्री कृषि आधुनिकरण परियोजना अन्तर्गत परियोजना र धान जोन कार्यक्रम संचालनहुदै आएको र नगरपालिका भित्रका लागि खेतीयोग्य जमिनको समेत माटो परिक्षण सुरु गरेको छ ।

उव्जनी बडाउनका लागि माटोको उपचार गर्दै उत्तपादन वढाउन सिविर  संचालन गरिएको  हो । सो शिविरमा १ सय ५ जना किसानहरुले माटो परिक्षणका लागि दिएको मध्ये ५० जना किसानको माटो  परिक्षण समेत सार्वजनिक गरिएको थियो ।

माटोको उर्भरा शक्ति घटदै गएपछि परियोजनाले निशुल्क माटो परिक्षण शुरु गरेको हो । सो अवसरमा परिक्षण सार्वजनिक गर्दै कुन प्रकारको माटोमा कस्तो वाली लगाउदा उपयुक्त हुन्छ भन्ने विषयमा समेत किसानलाई सुझाव दिइएको थियो । प्रधानमंत्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुख विनोदकुमार मण्डलले माटो परिक्षण गरिएको अधिकांस माटोमा आमलियपन अत्याधिक रहेकाले त्यसको निराकरणका लागी कृषि चुनको प्रयोग गर्न किसानलाई आग्रह गरेका छन । 

माटो परिक्षण गरेर त्यस्को निराकरणगर्दै उत्तपादन बढाउन किसानको घरदैलोमा माटो परिक्षण घुम्ति शिविर संचालन गरेको समेत मंण्डलले बताए  । चैते धानलाई विस्तारगर्ने सरकारको निति अनुसार परिक्षण गरिएको र परिक्षण पछि किसानलाई स्वायल टेष्टकार्ड दिने बताए ।  

माटो तथा मल परिक्षण प्रयोगसाला झुम्का सुनसरीका प्रमुख नाथुप्रसाद चौधरी तथा सो कार्यालयका माटो विज्ञ दिगम्वर प्रसाद यादवले माटो परिक्षण र त्यसको उपचार विधिमा किसानले समेत ध्यान पु¥याउनु पर्नेमा जोड दिएका छन । 

धान जोन कार्यक्रमाम सलग्न किसान राजु सापकोटाले परियोजनाका कारण गाउगाउमा माटो परिक्षण शिविर संचालन हुनुका साथै तत्काल त्यसको परिक्षण सार्वजनिक हुनुले अव  परिक्षणका लागी माटो वोकेर किसानले सहर जानु पर्ने बाध्यता अन्त्य भएकोमा खुशी व्यक्त गरे। उपकरण तथा प्रयोगशाला सहितको घुम्ति वसमा माटो परिक्षणको व्यवस्था मिलाएको हो । 

सो नगरपालिकाको वडा नं. ६, ७, ८ , ९ र १० दुईबर्षदेखि धान जोन कार्यक्रम संचालन हुदै आएको छ । एकहजार हेक्टर जग्गामा संचालन हुदै आएको सो कार्यक्रममा साढे १७ सय किसान लाभान्वित भएका छन । परियोजनाले किसानलाई ५० प्रतिशत  अनुदानमा मलविउ सिचाईका लागि पम्पसेट, वोरिङ तथा धान काटने मेशिन तथा हलो जोत्ने टयाक्टर पावर टिलर उपलव्ध गराएपछि किसान लाभान्वित भएका हुन।

जोनका कारण धान उत्तपादनमा समेत उल्लेखनिय वृद्धि भएको परियोजना प्रमुख मण्डललको भनाई छ । उन्नत जातको विउ तथा सिचाइको सहज व्यवस्था भएकाले उत्तपादन वढेको उहाको दावी छ। जोन कार्यक्रम प्रभावकारी भएपछि अन्य वडाका किसानले समेत यसको विस्तार हुनु पर्ने बताएका छन ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...