News Portal

खोटाङमा कोभिड-१९ विरुद्धको दोश्रो चरणको खोप शुरु

हिमालीसंचार संवाददाता
४३२ पटक

खोटाङ – खोटाङमा कोभिड–१९ बिरुद्धको दोश्रो चरणको खोप अभियान सुरु गरिएको छ । पहिलो चरण अन्तरगत कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तीमा खटिएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतलाई खोप लगाइएकामा दोश्रो चरणमा जनप्रतिनिधि, पत्रकार, कर्मचारी लगायतलाई खोप दिन सुरु गरिएको हो ।

जिल्ला अस्पताल दिक्तेलमा स्थापना गरिएको खोप केन्द्रबाट आइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले कोभिड विरुद्धको दोश्रो चरणको पहिलो खोप लगाएका छन् । यस्तै, पत्रकारमध्येबाट एभिन्यूज टिभीका पत्रकार राजन ठटालले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

खोटाङ जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङको उपस्थितिमा कोभिड–१९ विरुद्ध दोश्रो चरणको खोप अभियान सुरु गरिएको हो । जिल्लामा तीन केन्द्रमार्फत आगामी फागुन ९ गतेसम्म जनप्रतिनिधि, पत्रकार, कर्मचारी, बैंक तथा संस्थानका कर्मचारी, जनपथ प्रहरी र शसस्त्र प्रहरीलाई कोभिड बिरुद्धको खोप दिइने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । जिल्ला अस्पतालबाट हप्ता दिनसम्म खोप दिने व्यवस्था मिलाइएको हो।

यस्तै, प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क र खोटेहाङ गाउँपालिकाको खोटाङबजारस्थित स्वास्थ्यचौकीबाट माघ ३ गतेदेखि ९ गतेसम्म कोभिड बिरुद्धको खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलका अनुसार खोप लगाइएका व्यक्ति कसैलाई पनि साइडईफेक्ट देखिएको छैन ।

यद्यपी, केहीलाई थकान हुने, ज्वरो आउने, टाउको र जिउ दुख्ने समस्या देखिएको छ । औषधिले २० प्रतिशतमा सामान्य असर देखा पर्ने स्वास्थ्यकर्मीको भनाई छ । खोटाङमा गत माघ १४ गतेदेखि २४ गतेसम्मको अवधिमा संचालन गरिएको खोप अभियानकाक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कैंदीबन्दी, सुरक्षाकर्मी लगायत गरी ६ सय ९१ जनालाई खोप लगाइएको थियो ।

स्वास्थ्यकर्मीका अनुसार कोभिडको संक्रमणबाट बच्नका लागि पहिलो खोप लगाएका व्यक्तीले पुःन २८ दिनपछि अर्को खोपको डोज लगाउनु पर्ने हुन्छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर रिजालले कोभिडबाट बच्न र बचाउनका लागि खोप लगाउन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...